
२५ असोज, बैतडी । खर काट्ने क्रममा भीरबाट लडेर बैतडीमा शनिबार एक महिलाको ज्यान गएको छ । सुर्नया गाउँपालिका–४ का राजेन्द्र महराकी २२ वर्षीया श्रीमती रमा महराको मृत्यु भएको हो ।
शनिबार दिउँसो साढे १ बजे स्थानीय जैसिया भीरमा खर काटिरहेको बेला महिला भिरबाट लडेकी स्थानीय रणबहादुर महराले जानकारी दिए । भीरबाट लडेर करीब ३०० मिटर तल खसेकी महिलाको घटनास्थलमै मृत्यु भएको हो ।
मृतक महिलाका एक छोरा र श्रीमान रहेका छन् । श्रीमान् रोजगारीको सिलसिलामा भारतमा रहेका छन् । यसअघि असोज २२ गते पनि खर काट्ने क्रममा भिरबाट लडेर सुर्नया गाउँपालिका–५ की ४८ वर्षीया राजमती विष्टको पनि मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4