Comments Add Comment

तिलोत्तमा प्रिमियर लिगमा पाल्पाली लेजेन्टसको विजयी सुरुवात

२५ असोज, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा शनिबारदेखि शुरु भएको सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगको उद्घाटन खेलमा पाल्पाली लेजेन्टस् बिजयी भएको छ ।

सुपर ११ भैरहवालाई ४ विकेटले हराउँदै पाल्पाली लेजेन्टसले बिजयी शुरुवात गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवाले १ सय ३७ रनको लक्ष्य ६ विकेटको क्षतिमा भेट्न सफल भयो । पाल्पाको जितका लागि सुबेन्दु पाण्डेले ३२ र बिक्रम सोबले ४८ रनको योगदान गरेका थिए ।

प्रतियोगितामा १४ बलमा ३२ रनको योगफल तयार पारेका पाल्पाली लेजेन्टसका सुवेन्दु पाण्डे मोस्ट भ्यालुएवल खेलाडी बने भने ३६ बलमा ४८ रनको योगदान गरेका बिक्रम सोब म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत भोलीको पहिलो खेलमा तिनाउ टाइटन्स्ले रेन्बो ज्ञानोदय गोल्डसको सामना गर्नेछ भने दोस्रो खेलमा सियारी राइनोज्ले पाल्पाली लेजेन्टस्का् सामना गर्नेछ ।

तिलोत्तमा क्रिकेट बिकास समितिको आयोजनामा संचालित प्रतियोगिताको प्रदेश नम्बर ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले शनिबार बिहान उद्घाटन गरेका थिए ।

प्रदेश स्तरको सबैभन्दा ठुलो धनराशी पुरस्कार रहेको प्रतियोगितामा प्रदेश ५ का राष्ट्रिय खेलाडीहरु सम्मिलित १० टिमले सहभागिता जनाएका छन् । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदान नयाँमिल १० नम्बरमा जारी प्रतियोगिताको विजेताले ४ लाख र उपविजेताले २ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment