
२५ असोज, काठमाडौं । नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ विमानस्थलमा स्वागतपछि होटल पुगेका छन् ।
शनिबार अपरान्ह त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । त्यसपछि उनलाई नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।
उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्षलगायत विशिष्ट पदाधिकारी, मन्त्रीहरुले स्वागत गरेपछि चिनियाँ राष्ट्रपति सीको सवारी होटल सोल्टीतर्फ भएको थियो । त्यस क्रममा राष्ट्रपतिको सवारी हुने सडक खाली गराइएको थियो भने वानेश्वरदेखि माइतीघर क्षेत्रमा सरकारी कर्मचारीहरुले स्वागत गरेका थिए ।
हेर्नुहोस् भिडियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4