+
+
Shares

स्वस्तिमालाई अँगालेर निश्चलले लेखे, ‘जीवन जिउनु एउटा कला’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २९ गते १९:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निश्चल बस्नेतले सामाजिक सञ्जालमा श्रीमती स्वस्तिमासँगका तस्बिरसहित दाम्पत्य सुखबारे स्टाटस लेखिरहेका छन् ।
  • उनले केही दिनअघि ‘धन्न बुढी छे र त यसरी मिलाएर फोटो खिचिदिन्छे ।’ र ‘धन्न बिहे गरिएछ । नत्र त सिंगल भइने रहेछ ।’ भनेका थिए ।
  • उनको पछिल्लो स्टाटसमा ‘बच्चा कहिले ?’ भन्ने प्रश्नसहित धेरै कमेन्ट आएका छन् ।

पछिल्लो समय निश्चल बस्नेत निकै रोमान्टिक मुडमा छन् । देश, काल, परिस्थितिबारे चिन्तन गर्ने उनी अहिले परिवारकेन्द्रित भएका छन् । र, खासगरी दाम्पत्य सुखबारे स्टाटस लेखिरहेका छन् ।

उनको पछिल्लो स्टाटस हेर्दै जानुभयो भने उनी नितान्त दाम्पत्य सुखमा फर्किएको पाउनुहुनेछ । यस्तो लाग्छ, उनी दाम्पत्य प्रेममा चुलुम्मै डुबेका छन् ।

केही दिनअघि मात्र उनले लेखेका थिए, ‘धन्न बुढी छे र त यसरी मिलाएर फोटो खिचिदिन्छे ।’

त्यसमा उनले क्याप र चस्मा लगाएर मख्ख पर्दै खिचिएको फोटो पोस्ट गरेका छन् । त्यसअघि मात्र त हो, उनले श्रीमती स्वस्तिमासँगको एउटा फोटो राखेको । फोटोमा उनले आफ्नो अनुहार आधा मात्र देखाएका छन् । पृष्ठभूमिमा स्वस्तिमालाई राखेका छन् । र, लेखेका छन्, ‘धन्न बिहे गरिएछ । नत्र त सिंगल भइने रहेछ ।’

यो स्टाटसमा उनले ‘धन्न’ भनेर किन लेखे होलान् ?

किनभने, यो शब्द त्यसबेला ट्रेन्डिङमा थियो । खासगरी बालेनले ‘धन्न खुलामञ्च बनाइएको थियो’ भनी स्टाटस लेखेपछि हङ्गामा मच्चिएको थियो । सोही स्टाटसले पैदा गरेको तरङ्गलाई समात्दै निश्चलले पनि ‘धन्न विवाह गरिएछ’ शैलीको स्टाटस लेखेका थिए ।

उनको पछिल्लो स्टाटसमा रमाइला–रमाइला कमेन्ट छन् । एक जनाले लेखेका छन्, ‘अनि स्वस्तिमा दिज्यूजस्ती राम्रीलाई पट्याएर जीवनसङ्गिनी बनाउन सक्नु पनि एउटा महाकला हो, दाइ ।’

त्यस्तै, एउटा यस्तो कमेन्ट छ, जुन उनले धेरै जनाबाट धेरै पटक सुनिसके । कमेन्ट छ, ‘सबैको जिज्ञासामा बोले है, बच्चा कहिले ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?