+

टेनिस टोली भियतनाम जाने

२०८३ असोज  २९ गते १९:३९ २०८३ असोज २९ गते १९:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भियतनाममा अक्टोबर २१ देखि २४ तारिखसम्म हुने बिलि जिन किङ कप टेनिसमा नेपालका स्वस्तिका विष्ट, सिर्जना थापा, प्राज्ना मानन्धर र प्रकृति श्रेष्ठले खेल्नेछन् ।
  • नेपाली टेनिस टोली अक्टोबर १९ तारिख भियतनामको फान थिट जानेछ, र टोलीका प्रशिक्षक सन्तोष खत्री छन् ।

२९ असोज, काठमाडौं । भियतनामा हुने बिलि जिन किङ कप टेनिस प्रतियोगितामा नेपालबाट ४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

अक्टोबर २१ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा स्वस्तिका विष्ट, सिर्जना थापा, प्राज्ना मानन्धर र प्रकृति श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा सन्तोष खत्री छन् ।

प्रतियोगितामा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टेनिस टोली अक्टोबर १९ तारिख भियतनामको फान थिट जानेछन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, राखेपकी सदस्य मोनालिशा खम्बूलगायतले शुक्रबार बिदाइ गरे ।

बिलि जिन किङ कप टेनिस

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय