News Summary
Generated by OK AI. Editorially reviewed.- आईएसएफ फुटबल वर्ल्डकपको २९ औं संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली शुक्रबार चीन प्रस्थान गर्ने भएको छ ।
- अक्टोबर १७ देखि २६ तारिखसम्म हुने प्रतियोगिताका लागि १६ देखि १८ वर्ष उमेरसमूहका खेलाडी छनोट गरिएको छ ।
- महासचिव राजकुमार कार्कीका अनुसार ३७२ खेलाडी सहभागी छनोटबाट पहिलो चरणमा ४० र अन्तिममा २० खेलाडी चयन गरिएका हुन् ।
२९ असोज, काठमाडौं । आईएसएफ फुटबल वर्ल्डकपको २९ औं संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली शुक्रबार चीन प्रस्थान गर्ने भएको छ । प्रतियोगिता यही अक्टोबर १७ देखि २६ तारिखसम्म हुनेछ ।
खेलाडीमा इभानरत्न तुलाधर, मानव सुब्बा, आरभ श्रेष्ठ, अग्रिमजंग सिंह बस्नेत, साहिलराज थापा, प्रशान्त मेयाङबो, रिवाज गुरुङ, सगर्वबहादुर श्रेष्ठ, सम्योग राई, सुयास पौडेल, अन्शुमन केसी, भविष्य शाह, सिभान्स भट्टराई, आकृष्ट महत, कृष्चल थापा, कृष्णा गुरुङ, कृयाश सापकोटा, तेन्जिङ शेर्पा, आईज्याक शाही र आर्गेन तुलाधर रहेका छन् । टोलीमा १६ देखि १८ वर्ष उमेरसमूहका खेलाडी छन् ।
टोली नेतामा अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी समितिका सदस्य समेत रहेका विद्यालय खेलकुद महासंघ (आईएसएसएफ) का महासचिव राजकुमार कार्की तथा अफिसियलमा आईएसएसएफका अध्यक्ष विनोद श्रेष्ठ, रामकृष्ण महर्जन, पशुपति अधिकारी, भूवनलाल श्रेष्ठ, सोविनराज रेग्मी र सुमिद भट्टराई छन् । प्रशिक्षकमा थमन भुसाल र सन्तोष न्यौपाने छन् ।
छनोट प्रतिस्पर्धाबाट खेलाडी छनोट गरिएको महासचिव कार्कीले बताए । ‘छनोटमा ३७२ खेलाडी सहभागी थिए । त्यसबाट पहिलो चरणमा हामीले ४० खेलाडी छान्यौं । ४० बाट २० खेलाडीको अन्तिम छनोट गरिएको हो ।’ महासचिव कार्कीले भने ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, राखेपकी सदस्य मोनालिशा खम्बूलगायतले बिदाइ गरे ।
प्रतिक्रिया 4