News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय खेलकुद परिषद्ले नेपाल क्रिकेट संघका सदस्य गुञ्जन शाह ठकुरीलाई बुधबार सदस्य सचिवस्तरीय निर्णयमार्फत फिर्ता बोलाएको छ।
- राखेपले उनलाई १ असोजमा क्यान सदस्यमा मनोनीत गरेर पठाएको थियो।
- क्यान विधान २०५५ को व्यवस्थाअनुसार राखेपले पदेन सदस्यमा मनोनयन गरेको भए पनि एक महिना नपुग्दै फिर्ता बोलाएको हो।
२९ असोज, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) सदस्य गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाएको छ । बुधबार राखेप सदस्य सचिव स्तरीयनिर्णयमार्फत गुन्जनलाई फिर्ता बोलाइएको हो ।
१ असोजमा राखेपले गुञ्जनलाई क्यान सदस्य मनोनीत गरेर पठाएको थियो ।
नेपाल क्रिकेट संघको विधान २०५५ को परिच्छेद २ को दफा ३ उपदफा (४) मा राखेपबाट संघको पदेन सदस्यमा पदमा मनोनयन गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार राखेपले गुन्जनलाई सदस्य मनोनित गरेको थियो ।
तर, एक महिना बित्न नपाउँदै फिर्ता बोलाएको हो ।
राखेपले गुन्जनसहित नेपाल पौडी संघका विनोद श्रेष्ठ, नेपाल सुटिङ संघका कृष्णहरि सेजु, ब्याडमिन्टन संघका सम्भु कार्की र साइकलिङ महासंघका गणेशप्रसाद मैनालीलाई समेत फिर्ता बोलाउने निर्णय गरेको हो ।
प्रतिक्रिया 4