News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली महिला ह्यान्डबल टोली आईएचएफ नेसन्स महिला ट्रफी जोन २ खेल्न शनिबार बंगलादेशको ढाका जाने भएको छ ।
- कात्तिक १ देखि ५ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, भारत, मालदिभ्स, यमन र अफगानिस्तान सहभागी हुनेछन् ।
- टोलीमा बन्दना राईको कप्तानीमा १४ खेलाडी र प्रशिक्षक सुसिल अधिकारी छन् ।
२९ असोज, काठमाडौं । आईएचएफ नेसन्स महिला ट्रफी जोन २ मा प्रतिस्पर्धा गर्न नेपाली ह्यान्डबल टोली शनिबार बंगलादेशको ढाका जाने भएको छ ।
कात्तिक १ देखि ५ गतेसम्म हुने प्रतियोगितामा बन्दना राई (कप्तान), उमा राई, देवकुमारी बाँस्कोटा, विमला तामाङ, दुर्गा बोहरा, हिलिना राना, कल्पना ओली, कोमली खड्का, समिना चौधरी, सम्झना कुमाल, संगिता चौधरी, सञ्जु राई, शान्तीकला राई र ममता राना सहभागी हुने छन् । टिम प्रशिक्षकमा सुसिल अधिकारी छन् ।
अफिसियलमा नेपाल ह्यान्डबल संघका अध्यक्ष पिताम्बर तिम्सिना, उपाध्यक्ष तस्विरा तामाङ, महासचिव केशव पाठक, कार्यसमिति सदस्य रत्नज्योती मानन्धर र महेन्द्र पुन रहेका छन् ।
अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ (आईएचएफ) को आयोजनामा हुने प्रतियोगितामा नेपालसहित बंगालादेश, भारत, मालदिभ्स, यमन र आफगानिस्तानको सहभागिता रहने महासचिव पाठकले जनाएका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, राखेपकी सदस्य मोनालिशा खम्बूलगायतले शुक्रबार बिदाइ गरे ।
प्रतिक्रिया 4