Comments Add Comment

सीलाई विमानस्थलमा राष्ट्रपति भण्डारीले गरिन् स्वागत

२५ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेकी छन् ।

शनिबार अपरान्ह काठमाडौं अवतरण गरेका सीलाई राष्ट्रपति भण्डारीले स्वागत गरेकी हुन् । चिनियाँ राष्ट्रपति शनिबार भारतको चेन्नइबाट एयर चाइनाको विशेष विमानमार्फत काठमाडौं अवतरण गरेका हुन् ।

राष्ट्रपति सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरु पनि विमानस्थल पुगेका छन् ।

राष्ट्रपति सी विमानस्थलबाट सीधै होटल सोल्टी जानेछन् ।

भिडियो हेर्नुहोस्

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment