+
+
Shares

दियो पोस्टको कार्यालयमा पनि पुग्यो प्रहरी

अनामनगरस्थित अनलाइनको कार्यालयमा सादा पोसाकका प्रहरी पुगेको हो।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १३ गते १८:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अनामनगरस्थित दियो पोस्टको कार्यालयमा प्रधानसम्पादक सुदीप विश्वकर्मा र समाचार संयोजक मदन ढुंगानालाई लिन भन्दै ४ जना सादा पोसाकका प्रहरी पुगेका छन्।
  • प्रहरीले आजै नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ।
  • नयाँ पत्रिकाको कार्यालयमा पनि सादा पोसाकका प्रहरी पुगेर पत्रकार नवराज मैनालीबारे सोधखोज गरेका छन्।

१३ कात्तिक, काठमाडौं । दियो पोस्ट अनलाइनको कार्यालयमा प्रहरी पुगेको छ। अनामनगरस्थित अनलाइनको कार्यालयमा सादा पोसाकका प्रहरी पुगेको एक पत्रकारले जानकारी दिए।

त्यहाँ पुगेका प्रहरीले दियो पोस्टका प्रधानसम्पादक सुदीप विश्वकर्मा र समाचार संयोजक मदन ढुंगानासँग कुराकानी गर्नुपर्ने र त्यसका लागि लिन आएको बताएको ती पत्रकारले अनलाइनखबरलाई जानकारी दिए।

ती पत्रकारका अनुसार दियो पोस्टको कार्यालयमा ४ जना प्रहरी पुगेका हुन्।

त्यस्तै दियो पोस्टले केहीबेरअघि प्रधान्यायाधीशसम्बन्धी समाचारका विषयमा धम्की आएको समाचार पनि प्रकाशन गरेको छ। प्रहरीले आजै नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिइसकेको छ। त्यस्तै नयाँ पत्रिकाको कार्यालयमा पनि साधा पोसाकका प्रहरी पुगेर पत्रकार नवराज मैनालीसँग कुराकानी गर्नुपर्नेछ भन्दै उनीबारे सोधखोज गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?