News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वअध्यक्ष डा. कुमार शर्मा आचार्यले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु गैरसंवैधानिक हुने बताएका छन् ।
- उनले गलत समाचार भए सच्याउने प्रक्रिया र छुट्टै कारवाही संयन्त्र रहेको भन्दै समाचारकै आधारमा पक्राउ गर्न नमिल्ने उल्लेख गरे ।
- नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिइएको छ भने नवराज मैनालीलाई खोज्दै प्रहरी नयाँ पत्रिकाको कार्यालय पुगेका छन् ।
१३ कात्तिक, काठमाडौं । प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष डा. कुमार शर्मा आचार्यले समाचार लेखेकै आधारमा पत्रकारहरूलाई पक्राउ गर्नु गैरसंवैधानिक हुने प्रतिक्रिया दिएका छन् ।
नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ भने नयाँ पत्रिकाका संवाददाता नवराज मैनालीलाई खोज्दै सादा पोशाकका प्रहरी नयाँ पत्रिकाको कार्यालयमा पुगेका छन् ।
वरिष्ठ अधिवक्ता समेत रहेका पूर्वअध्यक्ष मैनालीले संविधानले नै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेकाले समाचार लेखेकै आधारमा पत्रकारहरूलाई पक्राउ गर्न नमिल्ने प्रतिक्रिया दिएका हुन् ।
‘समाचारको विषयवस्तु गलत छ भने सच्याउने प्रक्रिया छन् । त्यतिले नपुगे कारवाही गर्ने छुट्टै संयन्त्र छ,’ आचार्यले भने, ‘तर समाचार लेखेकै आधारमा पक्राउ पक्राउ गर्न मिल्दैन । त्यसो गरियो भने गैरसंवैधानिक काम हुन जान्छ । हाम्रो संविधान र कानुनले त्यस्तो परिकल्पना गरेको छैन ।’
प्रतिक्रिया 4