Comments Add Comment

दिनभर अस्पताल बसेर फर्किए प्रधानमन्त्री

Photo Credit : onlinekhabar/file

२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अस्पतालमा स्वास्थ्य जाँच गराएका छन् ।

सिंगापुरमा उपचार गराएर फर्किएपछि पहिलो पटक स्वास्थ्य जाँच गराएका हुन् । शुक्रबार विहान करिव ९ बजेतिर धापासीस्थित अस्पताल पुगेका प्रधानमन्त्री ओली ९१५ रुममा बसेका थिए । उनी साँझ मात्र फर्किएका हुन् ।

‘फलोअप हो, रिपोर्टहरु आउन बाँकी नै छ,’ प्रधानमन्त्रीका निजी चिकित्सक दिब्या सिंह शाहले अनलाइनखबरसँग भनिन् ।

प्रधानमन्त्री ओली सिंगापुरमा उपचार गरेर २० भदौमा स्वदेश फर्किएका थिए । सिंगापुरमा उनको प्लाज्मा फेरिसस उपचार विधिबाट मिर्गौलाको एन्टीबडी हटाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment