Comments Add Comment

पोखरालाई हराउँदै चितवन प्ले अफमा

काठमाडौं । पोखरा पल्टनलाई ७ विकेटले हराउँदै चितवन राइनोज महिला च्याम्पियन्स लिग (डब्ल्यूसीएल) क्रिकेटको प्लेअफमा पुगेको छ । हारपछि पोखराको भने प्लेअफमा पुग्ने सम्भावना लगभग सकिएको छ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पोखराले दिएको १२८ रनको लक्ष्य चितवनले काजोल श्रेष्ठको अर्धशतकको मदतमा १८.१ ओभरमा तीन विकेट गुमाएर भेछट्टायो ।

उसको सुरुवात राम्रो थियो । पहिलो विकेटका लागि काजोल श्रेष्ठ र कञ्चन श्रेष्ठले ७१ रनको साझेदारी गरे । कञ्चनले २९ रन बनाइन् । इन्दु बर्माले २४ रन जोडिन् । तेस्रो विकेटका रुपमा आउट भएकी काजलले ५१ रन बनाइन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको पोखराले २० ओभरमा पाँच विकेट गुमाउँदै १२७ रन बनाएको थियो । उसका लागि कप्तान सीता रानामगरले सर्वाधिक ६५ रन बनाएकी थिइन् । १७ रन बनाउँदा दुई विकेट गुमाएको पोखराको पारी कप्तान सीता र शिला क्षेत्रीले उकास्ने प्रयास गरेका थिए ।

शिला आउट भएपछि सीताले एउटा एण्ड सम्हालिरहिन् । छैटौं विकेटका लागि मञ्जु बोगटीले राम्रो साझेदारी गरिन् । दुबैले ४३ रनको साझेदारी गरे ।

सीता ६५ र र मञ्जु २४ रनमा अविजित रहिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment