Comments Add Comment

लडाकु दस्ता निर्माणको तयारीमा विप्लव समूह

आलमको त्रासमा पीडित परिवार

संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूले फरक–फरक विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् । केहीले कांग्रेस नेता अफ्ताब आलमको पक्राउपछि पीडित परिवारमा बढेको त्रासबारे समाचार लेखेका छन् भने कुनैले सरकारको गलत सिफारिसले किसानलाई पुगेको धोकादेखि विप्लवको नयाँ रणनीतिसम्मका विषयबारे सोधीखोजी गरेका छन् ।

मुस्ताङ र डोल्पाको सीमाक्षेत्र शाङ्ता गाउँमाथि लेकमा चरिरहेका नाउरका बथानको तस्वीर छापेको अन्नपूर्णले विप्लव समूह सैन्य संरचना निर्माणतर्फ लागेको दाबी गरेको छ । हालै बरामद राजनीतिक दस्तावेजमा लडाकु दस्ता बनाउने निर्णयहरू भेटिएको समाचारमा उल्लेख छ ।

अन्नपूर्ण लेख्छ– पार्टीलाई बलियो बनाउन र प्रतिरक्षाका लागि सैन्य संरचना निर्माण गर्ने ती दस्तावेजमा उल्लेख छ । त्यसका लागि तालिम र प्रशिक्षण सञ्चालन गर्ने निर्णय भएको दस्तावेज प्रहरीले फेला पारेको छ ।

समाचार अनुसार दस्तावेजमा प्लाटुनसम्म बनाउने खाका छ ।

अन्नपूर्णले आज प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष अन्तवार्ता पनि प्रकाशित गरेको छ । अन्तवार्तामा ओलीले नेपाल–सम्बन्ध निकै माथि पुगेको दाबी गरेका छन् । सोभियत संघमा जस्तो नेपालमा कम्युनिस्ट शासन पतन नहुने पनि उनले बताएका छन् ।

संघीय मन्त्रालयहरूले संगठनको हितभन्दा पनि व्यक्तिविशेषको हितअनुसार हचुवामा हजारौं कर्मचचारी थाप्ने प्रयास थालेको राजधानीले लेखेको छ ।

मन्त्रालय र मातहतका निकायको नयाँ संगठन तथा व्यवस्थापन सवेक्षण गर्ने क्रममा अवैज्ञानिक किसिमले हजारौं कर्मचारी थप्ने प्रयास गर्दा राज्यकोषमा २ खर्ब बढी व्ययभार बढ्दे देखिएको राजधानी समाचारमा उल्लेख छ ।

कान्तिपुरले १२ वर्षअघिको बम विस्फोट घटनामा कांग्रेस सांसद् मोहम्मद अफताब आलमविरुद्ध किटानी जाहेरी दिएकाहरू त्रसित बनेको लेखेको छ । एक साताअघि पक्राउ परेका आलम कानूनी कारबाहीबाट उम्किए आफूहरुको ज्यान जोखिममा पर्ने भन्दै पीडित परिवारहरू त्रसित बनेका हुन् ।

‘यत्तिका वर्ष अनेकन खबाव र धम्की सहेर न्यायका लागि लड्यौं । अब दोषी उम्के भने हामी बाँच्न पाउँदैनौं’, एक पीडितले कान्तिपुरसँग भनेका छन् ।

कान्तिपुरले आज तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला, तत्कालीन गृहसचिव उमेश मैनाली र तत्कालीन आईजीपी ओमविक्रम राणासँग घटनाबारे छानबिन हुन नसक्नुको कारणबारे सोधेको छ । सिटौलाले १२ वर्षपछि पक्राउ गरिएकामा आफू अचम्मित रहेको र अदालतले निर्णय नगरेसम्म आलम निर्दोष रहेको बताएका छनन् । मैनालीले यसबारे विगतमै अनुसन्धान हुनुपर्ने बताउँदै यसबारे आफू अनभिज्ञ रहेको बताएका छन् । राणाले यसमा लापरबाही गर्ने सबैमाथि अनुसन्धान हुनुपर्ने मत राखेका छन् ।

नागरिकले नेपाल सरकारले पञ्जीकृत गरेको गरिमा जात (वर्णशंकर) को धान खेती गरेका कैलाली र कञ्चनपुरका किसानको ३४८ हेक्टर जमिनमा फसल नलागेको लेखेको छ ।

कैलाली र कञ्चनपुरका किसानले मसिनो तथा बास्नादार हुने भन्दै गरिमा जातको धान रोपे पनि धान पाक्ने बेलामा पनि बाला नलागेपछि किसानले धोका महसुस गरेको समाचारमा लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment