 
																			५ कात्तिक, काठमाडौं । खेलकुद क्षेत्रको विकासका लागि भन्दै प्रदेश नम्बर १ सरकारले स्थानीय तहहरुलाई अनुदान उपलब्ध गराएको छ । प्रदेश सरकारले पछिल्लो पटक उदयपुरको वेलका नगरपालिकालाई २० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले वेलकालाई २० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको नगरपालिकाका मेयर दुर्गाकुमार थापाले जानकारी दिए ।
प्रदेश विशेष अनुदान सम्बन्धी कार्यविधि, २०७५ अनुसार मन्त्रिस्तर बैठकबाट वेलकालाई अनुदान उपलब्ध गराउने असोज १४ गते निर्णय भएको थियो ।
प्रदेश सरकारले दिएको रकमबाट नगरपालिकाले वडा नम्बर ३ मा रहेको लेकाली रंगशालाको स्तरोन्नति गर्ने भएको छ । यस अघि चियानघारी रहेको उक्त क्षेत्रमा चिहान स्थानान्तरण गरेर रंगशाला बनाउन लागिएको मेयर थापाले बताए ।
‘यस अघि त्यहाँ चिहानघारी थियो, त्यहाँ रहेका २९ वटा चिहान परिवारको सहमतिमा नै स्थानान्तरण गरिएको छ’ मेयर थापाले भने, ‘अब त्यहाँ आधसनिक रंगशाला बन्नेछ, यसका लागि प्रदेश सरकरको अनुदानले विशेष काम गर्नेछ ।’
प्रदेश सरकारले उपलब्ध गराएको अनुदान २०७७ सालभित्र खर्च भइसक्नु पर्ने मन्त्रालयले जानकारी दिएको छ । उक्त अवधिमा रकम खर्च नभएर कोष तथा लेखा नियन्त्रक कार्यालयमा फिर्ता हुने बताइएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4