Comments Add Comment

मृतकका गहना चोरेको भन्दै हबल्दारले कुटे कर्मचारी

१० कात्तिक, चितवन । भरतपुर अस्पतालको पोस्टमार्टम कक्षमा कार्यरत कर्मचारीलाई प्रहरीले कुटेर हात नै भाँचिदिएका छन् । प्रहरीको कुटपिटबाट अस्पतालमा कार्यरत कर्मचारी ६० वर्षीय पूर्ण विकको हात भाँचिएको हो ।

सोही कक्षमा काम गर्ने अर्का एक कर्मचारी ४९ वर्षका देव आनन्द राईलाई पनि निर्घात कुटिएका छन् । घाइते राईको शरीरभरी निलडाम छ । दुवै जनालाई प्रहरी हबल्दार जमिर अलिसेखले कुटपिट गरेका हुन् ।

कात्तिक ७ गते एक ६५ वर्षीया महिलाको पोष्टमार्टम गर्ने क्रममा कानमा लगाएको गहना चोरी गरेको आरोपमा अलिसेखले उनीहरूमाथि कुटपिट गरेका हुन् । घटनाका आरोपित प्रहरी हबलदार जमिर अलिसेखले चोरी भएको गहना खोज्ने क्रममा कुरा नखोलेपछि सोधपुछका क्रममा कुटपिट गरेको स्वीकार गरेका छन् ।

उनले गहना किन चोरेको भन्दै ती कर्मचारीहरुलाई पोष्टमार्टम कक्षमै कुटेका थिए ।  प्रहरीले कुटेपछि राई र विकले मृतक महिलाको गहना फिर्ता गरेको प्रहरी स्रोतले जनाएको छ । उनीहरुले भिसेरा (पोष्टमार्टम गर्दा मृतकका शरीरका अंगको नमूना राख्ने ठाउँ)मा गहना लुकाएका थिए ।

देव आनन्द राईको शरीरमा निलडाम

निकै लामो समयदेखि पोष्टमार्टम कक्षमा कार्यरत राईले शुक्रबार भरतपुर अस्पताल प्रशासनमा घटनाको छानबिनका लागि भन्दै निवेदन दिएका छन् । निवेदन बुझेपछि अस्पतालका प्रशासक कृष्णप्रसाद गौतमले घटनाको अनुसन्धान गरी न्याय दिलाउने आश्वासन दिएको पीडित राईले बताए ।

घटनाका बारेमा पीडित राई र बिकले प्रहरी हबलदार अलिसेखविरूद्ध शुक्रबार जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी पनि दिएका छन् । उजुरीमाथि छानबिन गरी दोषीलाई कारबाही गरिने चितवन प्रहरी प्रवक्ता डिएसपी एकनारायण कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment