Comments Add Comment

‘भीआईपी’ जुवाको खाल, जहाँ बरामद भएको पैसा गन्न तीन घन्टा लाग्यो

१० कात्तिक, काठमाडौं । महाराजगञ्ज प्रहरीलाई शनिबार राति सूचना आयो, महाराजगञ्जको होटल साम्बालाको पछाडिको घरमा जुवाको खाल चलिरहेको छ ।

प्रहरीले आइतबार बिहान करिब २ बजेतिर छापा मार्‍यो । तर यो सामान्य जुवाको खाल नभई मिनी क्यासिनो नै रहेछ । उच्च व्यापारिक घराना र प्रतिष्ठित भनिएका व्यक्तिहरु पनि लाखौं रकम दाउमा राखेर जुवा खेल्न मस्त थिए ।

जुवाको खाल काठमाडौं महानगरपालिका-३ पिपलमार्गस्थित विक्रम गौतमको घरमा चलिरहेको थियो । गौतमले क्यासिनो किङ भनेर चिनिने बलराम सापकोटासहित २४ जनालाई कोठामा राखेर जुवा खेलाइरहेका थिए ।

जुवाको खालमा हजार र पाँच सयका नोटका गड्डीहरु प्रयोग भएको थियो । प्रहरीले दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाखको चेक एक थान, ३२ थान कौडा, ४ बुक तास बरामद गरेको छ । खालबाट बरामद भएको हजार र पाँच सयका नोटहरु गन्न मात्र प्रहरीलाई झण्डै तीन घन्टा लागेको थियो ।

उनीहरुलाई जुवा ऐनअन्तर्गत मुद्दा चलाउन थप अनुसन्धान भइरहेको डीएसपी लम्सालले बताए ।

जुवाखालबाट पक्राउ पर्नेहरुको नामावली

१.  ‍काठमाडौं महानगरपालिका- २ भाङ्गीका बुद्ध लामा

२. काठमाडौं महानगरपालिका-१५ का मुक्ती लामा

३. काठमाडौं महानगरपालिका-९ का पवन अग्रवाल

४. काठमाडौं महानगरपालिका- ६ का सुमन अग्रवाल

५. काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ का कृष्ण भण्डारी

६. काठमाडौं महानगरपालिका-२९ का राम तामाङ्ग

७. काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-११ का सिताराम खड्का

८. काठमाडौं महानगरपालिका-२६ का अशोक श्रेष्ठ

९. काठमाडौं महानगरपालिका – ३५ का श्यामप्रसाद पराजुली

१०. काठमाडौं महानगरपालिका-१५ स्वयम्भु का रञ्जन राजबंशी

११. काठमाडौं महानगरपालिका-३ का विक्रम गौतम (मिनी क्यासिनो सञ्चालक घरधनी)

१२. काभ्रेपलान्चोक पनौती नगरपालिका-५ का प्रदीप बोगटी

१३. काभ्रेपलान्चोक तिमाल गाउँपालिका-६ का नवाङ्ग लामा

१४. काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका-९ का धावा लामा

१५. काभ्रेपलान्चोक रोशी गाउँपालिका-४ का बलराम सापकोटा (बले)

१६. काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका-११ का रोशन तामाङ्ग

१७. दोलखा भीमेश्वर नगरपालिका-५ का राम कृष्ण के.सी.

१८. दोलखा भीमेश्वर नगरपालिका-५ बस्ने ईन्द्र श्रेष्ठ

१९. ललितपुरको गोदावरीका प्रेम थापा मगर

२०. ललितपुर पुल्चोकका सोहेल कार्की

२१. ओखलढुङ्गाको पाप्ले-३ का सुमन गुरुङ्ग

२२. रौतहट चन्द्रनिगाहपुर नगरपालिका-३ का शोवित सिलवाल

२३. रामेछापको बाम्तिभण्डारका पवित्रकुमार कार्की

२४. बाराको निजगढ नगरपालिका-९ का शम्भु बुढाथोकी

२५. सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-४ का शम्भु शेर्पा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment