Comments Add Comment

कुकुरको सम्बन्धमा अनौठो २० तथ्य

कुकुर हामी जसरी बोल्दैन । आफ्नो पीर मर्का सुनाउँदैन । दुःख-विलौना गर्दैन । तर, कुकुरमा संवेदना नहुने होइन ।

कुकुर पनि हामीजस्तै खुसी हुन्छन्, रिसाउँछन्, दुखी हुन्छन्, मख्ख पर्छन्, निरास हुन्छन्, फुर्किन्छन् । तर, कुकुरको यस्तो भाव उसैले बुझ्छ, जो कुकुरसँग हेलमेल गर्छ । कुकुर पनि सधै मान्छेसँग हेलमेल गरेरै बाँच्न चाहन्छ । तर, कुकुरको मनोभाव हामी बुझ्दैनौ वा बुझ्ने कोशिश गर्दैनौं । कुकुर देख्नसाथ ढुंगाले हान्छौं, तातो पानी खन्याउँछौं, लात मार्छौं । कुकुर हाम्रा बैरी होइनन् । तर, हामी कुकुरसँग सत्रुलाई झै व्यवहार गरिरहेका हुन्छौं ।

खासमा कुकुर कस्तो प्राणी हो ? यस सम्बन्धमा केही रोचक तथ्य यहाँ प्रस्तुत गरिएको छ ।

१. संसारमा करिब ४० करोड कुकुर र उनीहरुको सयौं नश्ल छन् ।

२. कुकुरलाई ब्वाँसोको सन्तान मानिन्छ। तिनीहरूको डीएनए ९९ प्रतिशत ब्वाँसाहरूसँग मिल्दोजुल्दो हुन्छ ।

३. कुकुरको औसत आयु लगभग १० देखि १४ वर्षसम्म हुन्छ । तर, उनीहरुको दिमाग २ वर्षको मान्छेको बच्चाको जत्तिकै हुन्छ ।

४.  सामान्यतया साना नस्ल भएका कुकुरहरूको जीवन ठूला नस्ल भएका कुकुरहरूको भन्दा लामो हुन्छ ।

५. घरपालुवा कुकुरहरुको आयु अवधि अन्य कुकुरहरुको भन्दा लामो हुन्छ ।

६.  मानवहरुको औलाको निशान जस्तै दुई कुकुरहरू चिन्नको लागि उनीहरुको नाकको निशान प्रयोग गरिन्छ ।

७.  कुकुरको अध्यारो र बिहानमा हेर्ने क्षमता एकदम राम्रो हुन्छ ।

९.  अँध्यारोमा, कुकुरहरूले हावाको प्रवाहमा सूक्ष्म परिवर्तनबारे जानकारी लिनको लागि आफ्नो जुँगाको प्रयोग गर्ने गर्दछन् । त्यही जुँगाले उनीहरुलाई वातावरणको राम्रो ज्ञान दिन्छ र तिनीहरूलाई अन्धकारमा हेर्न समेत मद्दत गर्दछ।

१०.  कुकुरको बच्चाको २८ वटा  र  वयस्क कुकुरको ४२ वटा दाँत हुन्छ ।

१०. कुकुरको आँखाको तीनवटा ढकनी हुन्छ, जसमध्ये एउटाको काम आँखा ओसिलो र सुरक्षित राख्नको लागि हो।

११. जहाँ मानव शरीरको सामान्य तापक्रम ९७ /९९ फरेनहाइट हुन्छ । त्यो बेलामा कुकुरको शरीरको तापक्रम १०१ डिग्री हुने गर्दछ । यदि कुकुरको शरीको तापमान ९९ डिग्रीदेखि तल जान्छ । या त १०४ डिग्री फरेनहाईट भन्दा माथि भयो भने त्यो स्वास्थ्यको लागि गम्भीर हुन्छ । त्यस्तो अवस्थामा तुरुन्त डाक्टर कहाँ लैजानु पर्छ ।

१२.  कुकुरहरू राम्रोसँग पौडी खेल्न सक्ने स्वभावका हुन्छ ।

१३. कुकुरको मस्तिष्क मानवीय मस्तिष्कको आकारको दश भागको एक भाग मात्र हुन्छ।

१४.  कुकुरको गन्ध लिन सक्ने क्षमता मानिसको तुलनामा १० हजार गुणा हुने गर्दछ ।

१५.  कुकुरको नाकको दुबै छिद्रमा एउटा यस्तो स्थान हुन्छ । जहाँ एकदमै धेरै गन्ध संवेदनशील कोशिकाहरु हुन्छ । यसलाई किमोरिसेप्टर भन्ने गरिन्छ ।

१६. कुकुरको श्रवण शक्ति मानिसको तुलनामा ५ गुणा बढी हुने गर्दछ ।

१७.  एउटा कुकुरले एक सेकेन्डमा ६/१०० हिस्सामा ध्वनिको स्रोत पत्ता लगाउन सक्छ ।

१८. कुकुरले पनि मानवले जस्तो सपना देख्न सक्छन्। निदाएको बेला तिनीहरूको खुट्टा सारिरहनु यो उनीहरूको सपनाको संकेत हो।

१९.  कुकुरहरूको पनि मानवको जस्तै जत्तिकै देब्रे र दायाँ हात छन्।

२०.  कुकुरको प्रजनन अवधि करिब नौ हप्ताको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment