Comments Add Comment

‘पोई पर्यो काले’लाई दर्शकले के भने ?

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘पोई पर्यो काले’ सिंगल हलमा सुखद देखिएको छ । चलचित्रले सिंगल हलमा दर्शक तान्न सफल भएको देखिन्छ । काठमाण्डौका अष्टनारायण, गोपीका साथै ललितपुरको गुण हलमा शनिबार चलचित्रको व्यापार सुखद देखिएको थियो ।

यस्तै, काठमाण्डौका केही मप्लिप्लेक्समा पनि दर्शकको चाप सुखद थियो । सिंगल हलमा नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको जोडीलाई मन पराउने दर्शक धेरै देखिए । अधिकांश दर्शकले पूजा र आकाशलाई हेर्न आएको प्रतिक्रिया दिए ।

शिशिर राणाको निर्देशनमा तयार भएको यो चलचित्रले तिहारको बिदाको फाइदा उठाउने अपेक्षा निर्माताको छ । किरण नेपाली प्रस्तुतकर्ता रहेको यो चलचित्रको कथावस्तुलाई दर्शकले मन पराएका छन् । समाजमा कालो र गोरेविच हुने विभेदको कथालाई राम्रो तरिकाले प्रस्तुत गरेको भन्दै दर्शकले चलचित्रको प्रशंसा गरेका छन् ।

चलचित्रमा सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । चलचित्रको २ दिने व्यापार भने सार्वजनिक भएको छैन । शनिबार काठमाण्डौको गोपी, अष्टनारायण हलमा पुगेका मुख्य कलाकारहरु आकाश श्रेष्ठ र पूजा शर्माले दर्शकको साथ पाएको भन्दै खुशी व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment