Comments Add Comment

…अनि जोनीले लगायो बेष्ट डगको मेडल

१० कात्तिक, काठमाडौं । झण्डै एक वर्षसम्म पूर्वराजदूत केशवराज झाको हत्या प्रकरण नेपाल प्रहरीको असफताको मानक जस्तै बन्यो । ४ भदौ २०७५ मा बबरमहलस्थित घरमै भएको हत्यामा संलग्नलाई पक्राउ गर्न नसक्दा प्रहरी आलोचित भयो ।

एक वर्षपछि २ भदौमा प्रहरीले झाकै घरमा काम गर्ने भान्से सानुकान्छा तामाङलाई पक्राउ ग¥यो । र, उनले नै चक्कु हानेर पूर्वराजदूतको हत्या गरेको ठहरसहित मुद्दा चलायो ।

अनुसन्धानका क्रममा प्रहरीले सानुकान्छामाथि नै शंका गर्नुको एउटै आधार थियो, प्रहरी कुकुर । घटना भएलगतै प्रहरीको कुकुर शाखाबाट लगिएको ट्राकर डग (अभियुक्त पहिचान गर्ने) जोनी झाको घरभित्र फनफनी घुमेको थियो ।

त्यसपछि नै सानुकान्छामाथि शंका बढ्यो । पोलिग्राफ टेष्टमा पनि उनले झुट बोलेको देखिएपछि प्रहरीले हत्या अभियोगमा मुद्दा चलायो र उनी पुर्पक्षका लागि थुनामा छन् ।

झा प्रकरणमा प्रहरीलाई ठूलो सहयोग गर्ने कुकुर जोनी उत्कृष्ट कुकुर घोषित भएको छ ।

यमपञ्चकको दोस्रो दिन कुकुर तिहारको अवसर पारेर नेपाल प्रहरीको केन्द्रीय कुकुर विद्यालयले आयोजना गरेको कार्यक्रममा स्कुल प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) देउती गुरुङले जोनीलाई ‘बेष्ट डग’ लेखिएको मेडल लगाइदिइन् ।

यस्तै बेल्जियम मेलिना प्रजातीको कुकुरले दौड र हाइजम्मामा पहिलो भएको छ र, दुई वटा मेडल पाएको छ । कुकर तिहारको अवसर पारेर प्रहरीको केन्द्रीय कुकुर विद्यालयले विभिन्न प्रतियोगिता आयोजना गर्छ र पहिलो हुनेलाई मेडल दिन्छ ।

हेर्नुहोस् तस्वीरहरु

हाइजम्प र दौड प्रतियोगितामा पहिलो भएको कुकुरलाई मेडल लगाइदिँदै एसएसपी गुरुङ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment