Comments Add Comment

भाइ मसलाबारे जान्नैपर्ने पाँच कुरा

भाइ  मसला । अर्थात ड्राई फ्रुट्स । यसमा यसमा काजु, किसमिस, ओखर, छोगडा, नरिवललगायत हुन्छन् ।

भाइ टिकाको दिन चेलीले माइतीको भागमा भाई मसला दिने गर्छन् । आफ्ना माइतीको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै चेलीले भाई मसलासहित थरीथरीका परिकार दिने गर्छन् । संस्कृति एवं परम्परासँग जोडिएका यी खानेकुरा आफैमा स्वास्थ्यवर्द्धक हुने नै भयो । त्यसैले यसलाई सकेसम्म नियमित सेवन गर्नुपर्छ ।

तर, अक्सर हामी पाएपछि धेरै खाइदिन्छौ । भनिन्छ नि, धेरै खायो भने औषधी पनि विष हुन्छ । त्यसैगरी ड्राइ फ्रुट्स पनि अत्यधिक सेवन गर्दा यसले स्वास्थ्यमा राम्रो गर्दैन बरु हानी पुर्‍याउँछ ।

१. ग्याष्ट्रिक, कब्जियत, डायरिया

ड्राई फ्रुट्सलाई आफ्नो खानपिनको अंश बनाउनु अत्यन्त राम्रो हो । निश्चित परिमाणमा ड्राइ पफ्रुट्सको सेवनले स्वास्थ्यलाई धेरै फाइदा पनि पुग्छ । तर आवश्यकताभन्दा बढि सेवन गर्नुभयो भने ग्याष्ट्रिक, कब्जियत, डायरिया तथा पेटसँग जोडिएका अन्य समस्या पैदा हुन सक्छन् ।

२. तौल बढ्न सक्छ

आफ्नो तौललाई सन्तुलनमा राख्नका लागि ड्राइ फ्रुट्स प्रभावकारी त हुन्छ, तर, अधिक मात्रामा सेवन गरियो भने यसले अतिरिक्त मात्रामा क्यालोरी दिन्छ र वजन घट्नुको साटो बढेर जान्छ ।

३. ब्लड सुगर र डाइबिटिजका लागि हानीकारक

ड्राइ फ्रुट्समा विभिन्न पोषक तत्वका साथसाथै प्राकृतिक चिनी पनि पाइन्छ । तर, कुनै ड्राइ फ्रुट्समा फ्रक्टोजको रुपमा यस्तो चिनी अत्यधिक मात्रामा हुन्छ, जुन तपाईंको स्वास्थ्यका लागि फाइदाजन नहुन सक्छन् । यो ब्लड सुगर र डाइबिटिजका बिरामीहरुका लागि हानीकारक हुन सक्छन् ।

४. दाँतमा ब्याक्टेरिया

चिनीको अधिकता भएका केही ड्राइ फ्रुट्स यस्ता पनि छन् जुन खाँदा मुख र दाँतमा टाँसिन्छ र ब्याक्टेरिया पैदा गर्छ । यसले दाँत बिग्रिन सक्छ ।

५. पाचन तन्त्र कमजोर छ भने

यदि तपाईंको पाचन तन्त्र कमजोर छ भने ड्राइ फुड्स चपाउन अधिक समय लाग्छ । यसका कारण पेट दुख्ने, उल्टी हुने जस्ता समस्या पैदा हुन सक्छन् । यसका अलावा सामान्यरुपमा ड्राइ फुड्सको अत्यधिक प्रयोगले टाउको दुख्ने वा टाउको भारी हुने समस्या पनि उत्पन्न हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment