Comments Add Comment

प्रेमको अनुपम नमूना : प्रेमिकाको शवसँग युवकले बिहे गरे

जिउँदोको जन्ती, मर्दाको मलामी भन्ने उखानै छ । अर्थात्, बिहे भन्ने कुरा जिवित मानिसको मात्र हुन्छ । तर चीनमा एउटा घटनाले यो उखानलाई चुनौती दिएको छ ।

चीनमा एकजना युवकले आफ्नी प्रेमिकाको लाससँग बिहे गरेका छन् ।

३५ वर्षका जू शिनान नामका ती युवकले प्रेमिकाको लाससँग बिहे गरेको घटनाको अन्तरकथा निकै नै मार्मिक छ ।

मिडिया रिपोर्ट अनुसार जू शिनान र उनकी प्रेमिका यांग लियूबीच केही वर्षदेखि प्रेम सम्बन्ध थियो । उनीहरुले बिहेको मन्जुरीका लागि सन् २०१३ मै अदालतमा निवेदन दिएका थिए र अदालतले उनीहरुलाई बिहेको स्विकृति पनि दिइसकेको थियो । तर त्यसको ३ महिनापछि नै यांगलाई स्तन क्यान्सर लाग्यो ।

त्यसपछि चार वर्षसम्म यांगको स्तनको शल्यक्रिया तथा केमोथेरापीबाट उपचार भयो र स्तन क्यान्सरबाट उनले मुक्ति पाइन् । तर, त्यसको एक वर्षपछि उनलाई पुनः क्यान्सर देखा पर्‍याे । उनको उपचारका लागि कैयन् ठूला अस्पतालमा लगियो तर उनको स्वास्थ्य झनै खस्किँदै गयो ।

अन्ततः गत अक्टोबर ६ का दिन उनी गम्भीर बिरामी हुँदै कोमामा पुगिन् र अक्टोबर १४ का दिन उनको निधन भयो ।

यांगले आफू अस्पताल भर्ना हुनु अगावै आफूलाई मन पर्ने गाउन पहिरिएर बिहे गर्ने कुरा गरेकी रहेछिन् । त्यो कुरा जू ले उनको मृत्युको अघिल्लो दिनमात्र थाहा पाए । त्यसपछि उनले प्रेमिकाको मन पर्ने गाउन लगाएर बिहे गर्ने सपना पूरा गर्ने बाचा गरे ।

यांगको मृत्युको एक हप्तापछि अन्तिम संस्कारको बेला उनले यांगको शवलाई वेडिङ गाउन लगाइदिए र विधिपूर्वक बिहे गरे । त्यसका अलावा उनले प्रेमिकाको शवमा १६९ वटा फूलका गुच्छा पनि राखिदिए ।

प्रेमिकाको शवसँग बिहे गरेसँगै जू निकै भावुक बने । उनले मृत प्रेमिकालाई सम्झिदै भने, ‘तिमीले सधै भन्ने गर्दथ्याैं कि मेरो अन्तिम संस्कारको बेला कोही पनि नरोउन् । तर म आफैले रुवाई रोक्न सकिन ।’ एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment