Comments Add Comment

बेलायतमा १२ डिसेम्बरमा आम चुनाव

९६ वर्षपछि डिसेम्बरमा हुन लागेको चुनाव चुनौतीपूर्ण हुने अनुमान

१३ कात्तिक, लण्डन । बेलायतमा आउँदो १२ डिसेम्बरमा आम निर्वाचन हुने भएको छ । प्रधानमन्त्री बोरिस जोनसनको निर्वाचन प्रस्ताव संसदको तल्लो सदन हाउस अफ कमन्सले बहुमतले पारित गरिसकेको छ । योसँगै अब आउँदो डिसेम्बर महिनाको १२ तारिखमा आमनिर्वाचन हुने पक्कापक्की भएको छ ।

डिसेम्बर १२ मा आम निर्वाचन गराउने प्रधानमन्त्रीको प्रस्तावमा संसदमा मतदान भएको थियो । निर्वाचनसम्बन्धी विधेयकको पक्षमा ४३८ र विपक्षमा जम्मा २० मत परेको थियो । यसबाट ४१८ को बहुमतबाट प्रधानमन्त्री बनेका जोनसनको चुनाव गराउने प्रस्ताव सफल भयो । यसअघि प्रधानमन्त्री कोर्बिनले तीन पटकसम्म ल्याएको निर्वाचन प्रस्ताव संसदले अस्वीकृत गरिदिएको थियो ।

तल्लो सदनबाट पास भएको निर्वाचनसम्बन्धी विधेयक अब माथिल्लो सदन हाउस अफ लर्ड्सले पारित गर्‍यो भने कानुनको रुप लिने छ ।

बेलायतमा पछिल्लो पाँच वर्षमा हुन लागेको यो तेस्रो आम चुनाव हो । सन् १९२३ पछि बेलायतमा डिसेम्बर महिनामा गर्न लागिएको यो पहिलो चुनाव पनि हो ।

चिसोको चुनौती

बेलायतको प्रमुख प्रतिपक्षी लेबर पार्टीले डिसेम्बर ९ मा चुनाव गराउनुपर्ने बताएको थियो । त्यसो भएको भए विश्वविद्यालयका विद्यार्थीहरुलाई पनि मतदान गर्न सहज हुने थियो । किनभने त्यतिन्जेलसम्म शैक्षिकसत्र चलिरहेको हुन्थ्यो ।

यद्यपि लेबर पार्टीका नेता जेरमी कोर्बिनले यूरोपेली यूनियनबाट बेलायतको बहिर्गमनका लागि थप तीन महिनाको मिति बढाउन इयू सहमत भएको अवस्थामा आफ्नो दल निर्वाचनमा जान तयार भएको बताएका छन् ।

डिसेम्बर महिनामा बेलायतमा अत्यधिक जाडो हुन्छ । जाडोयाममा बेलायतमा दिन एकदम छोटो हुन्छ र मध्याह्नदेखि नै अँध्यारो सुरु हुन थाल्छ । त्यसैले ९६ वर्षपछि डिसेम्बर महिनामा गर्न लागिएको चुनाव जाडोको कारण चुनौतिपूर्ण हुने कतिपयले अनुमान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment