Comments Add Comment

क्रेज फर्काउने दाउमा आर्यन, ‘अनलक्की’ ट्याग हट्ने आशामा मिरुना

मंसिर ६ गतेबाट चलचित्र ‘च च हुई’ रिलिज हुँदैछ । यो चलचित्रमा नायक आर्यन सिग्देल र नायिका मिरुना मगरको जोडीलाई देख्न सकिन्छ । एउटा पुस्तकका कारण दुई यूवामा आउने परिवर्तन र उनीहरुको यात्राको क्रममा भेट हुने यूवतीको वरिपरी नै चलचित्र घुमेको छ । भोलाराज सापकोटा आर्यनको साथीको भूमिकामा छन् ।

नायक आर्यन सिग्देलको लागि यो चलचित्र विशेष छ । किनकी, उनी अभिनित ‘हजार जुनी सम्म’ बक्स अफिसमा फितलो बन्दा यो चलचित्र उनका लागि चल्नैपर्ने दबाब छ । आर्यन यो चलचित्रबाट आफ्नो क्रेज फर्काउने दाउमा छन् ।

यता, नायिका मिरुना मगरलाई लाग्दै आएको ‘अनलक्की’ नायिकाको ट्याग यो चलचित्रबाट हट्न जरुरी छ । मिरुना पनि यो चलचित्रले यो ट्याग हटाउने सोचमा छिन् ।

हुनत, उनको हातमा चलचित्रको अभाव छैन । तर, चलचित्र चलिदियो भने कलाकारका लागि फाइदा नै हुन्छ । साम्तेन भुटिया निर्देशित यो चलचित्र कमेडी शैलीमा बाबु र छोराको सम्बन्धको कथा पनि भन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment