Comments Add Comment

चार्डपर्वपछि कसरी शरीरलाई फिट एन्ड फाइन राख्ने ?

तिहार सकिएको छ । तिहारसम्म विभिन्न चार्डपर्वको सिलसिला जारी रह्यो । दशैं लगत्तै तिहार मनायौं । नेपाली समाजले यी चार्डपर्व मन खोलेर धुमधामका साथ मनाउने गर्छ ।

दशैं-तिहार जस्तो चार्डपर्वमा लामो विदा हुन्छ । यही मेसोमा सबैले आफन्त, इष्टमित्रसँग भेट गर्छन् । पूख्र्यौली घर र्फकन्छन् । मिठोमसिनो खान्छन् । रमाइलो गर्छन् । यस क्रममा सामान्य दिनभन्दा फरक हुन्छ हाम्रो जीवनशैली । एक हिसाबले भन्ने हो भने हाम्रो दिनचर्या अनियमित हुन्छ । हामी अस्तव्यस्त हुनपुग्र्छौं ।

आवश्यक्ताभन्दा बढी खान्छौं । सुत्ने र उठ्ने तालिका मिल्दैन । गुलियो, मिठो, तारेको, भुटेको खानेकुरा खाइन्छ । मासु एवं दुधजन्य खानेकुरा पनि भरपेट खाइन्छ । यसरी अनियन्त्रित खानपान र अस्तव्यस्त जीवनशैलीले हाम्रो स्वास्थ्य खराब पनि बनाउन सक्छ ।

अक्सर चार्डपर्वमा धेरैलाई पेटको समस्या हुन्छ । अपच, ग्याष्ट्रिक जस्ता समस्याले सताउँछ । निद्रा पुग्दैन । यसले गर्दा कतिपय दीर्घरोगीहरुलाई अरु समस्यामा पार्न सक्छ । चार्डपर्वमा धेरैको तौल बढ्छ । मोटोपन बढ्छ ।

अब नियमित दिनचर्या

अब भने चार्डपर्व सकिएको छ । चार्डपर्वको ह्याङओभर हटाएर नियमित दिनचर्यामा र्फकनुपर्ने हुन्छ । आफ्नो काम-धन्दा सम्हाल्नुपर्नेहुन्छ । साथसाथै स्वास्थ्यको पनि ख्याल राख्नुपर्ने हुन्छ ।

चार्डपर्वको खानपान र दिनचर्याको कारण शरीरमा जमेको विषाक्त पदार्थ निकाल्नुपर्छ । अर्थात शरीरलाई शुद्धिकरण गर्नुपर्छ । यसका लागि केही विधी अपनाउनुपर्ने हुन्छ ।

पर्याप्त निद्रा

देउसी भैलो खेलेर कतिपयले रात गुजारेका होलान् । देउसी भैलोकै कारण कतिपयको निद्रा विथोलिएको होला । कतिपयले आफन्त, इष्टमित्रको जमघटमा रात कटाएका होलान् । यसरी विविध कारणले हाम्रो निद्रा पुगेको छैन । हामीले पर्याप्त निद्रा लिन सकेका छैनौं ।

अब भने हामीले सुत्ने र उठ्ने तालिकालाई नियमित बनाउनुपर्छ । निश्चित समयमा सुत्ने र उठ्ने गर्नुपर्छ । रातमा कम्तीमा सात वा आठ घण्टा सुतेर निद्रा पुर्‍याउनुपर्छ ।

व्यायाम गरौं

चार्डपर्वमा हामी शारीरिक रुपले निस्क्रिय रहन्छौं । शारीरिक गतिविधि कम हुन्छ । चार्डपर्वको माहौलमा व्यायाम गर्ने जाँगर पनि चल्दैन ।

अब भने नियमित रुपमा व्यायाम गर्नुपर्छ । विहान उठ्ने, दौडने गर्नुपर्छ । विहान नियमित ३० वा ४५ मिनेट हिँड्ने, व्यायाम गर्ने गर्नुपर्छ । योग एवं ध्यान विधीको पनि अभ्यास गर्नुपर्छ । शरीर र मनलाई सन्तुलित राख्नुपर्छ ।

सुपाच्य खानेकुरा

चार्डपर्वमा जथाभावी खानेकुरा खाइन्छ । मिठो मसिनो खाने लोभमा आवश्यक्ताभन्दा बढी खानेकुरा सेवन गर्न पुग्छौं । खानामा पनि थरीथरीका परिकार हुनेगर्छ । मासु, मदिरा आदि सेवन गरिन्छ । यसले हाम्रो पाचन तन्त्रलाई पक्कैपनि असर गरेको होला ।

अब भने सुपाच्य खानेकुरा सेवन गर्नुपर्छ । खानेकुरा नियमित र सन्तुलित हुनुपर्छ । खानामा हरियो सागपात, सलाद आदिलाई महत्व दिनुपर्छ । अनावश्यक खानेकुराको सेवनबाट बच्नुपर्छ । मदिरा, मासुजन्य परिकारलाई नियन्त्रण गर्नुपर्छ ।

ताजा फलफूल

शरीरमा रहेको विषाक्त तत्वलाई हटाउनका लागि पनि अब ताजा फलफूलमा जोड दिनुपर्छ । खासगरी मौसमी फलफूल सेवन गर्नुपर्छ ।

फलफूलका साथसाथै पर्याप्त पानी पनि सेवन गर्नुपर्छ । पानीले शरीरमा जमेको अतिरिक्त फ्याट र सुगर बाहिर निकाल्न सहयोग गर्छ । दिनमा कम्तीमा तीन लिटर पानी पिउन उपयोगी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment