Comments Add Comment

गुल्मीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

१४ कात्तिक, तम्घास । गुल्मीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मुसिकोट नगरपालिका ९ ददल्कामा लु १ च ३५१४ नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको र ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए ।

बुधबार साँझ जीप सोही वडाको पाँणथोकबाट ददल्का जाँदै थियो, तर ददल्का काबरोड भन्ने स्थानमा दुर्घटनामा पर्‍यो । दुर्घटनामा मुसिकोट नगरपालिका वडा नम्बर ९ अर्लाङ्कोटका अन्दाजी ७० वर्षीय रामप्रसाद खरेल र रेसुंगा नगरपालिका वडा नम्बर ३ का ५८ वर्षीय मसुरी विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घाइते हुनेहरुमा मुसिकोट नगरपालिका वडा नम्बर ७ वामीका २३ वर्षीय भानुभक्त पौडेल, ८ वर्षीय सोनिया विक, २६ वर्षीय विष्णु विक र चालक ३० वर्षीय ज्ञानबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताए ।

घाइतेहरु सबैलाई उपचारका लागि बाग्लुङ्गको हटियामा सामान्य उपचारपछि पाल्पा पठाइएको प्रहरीले जनाएको छ । जीपमा चालकसहित ६ जना थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment