Comments Add Comment

आर्सनललाई पेनाल्टीमा हराउँदै लिभरपुल क्वाटरफाइनलमा

१४ कात्तिक, काठमाडौं । लिभरपुलले आर्सनललाई पेनाल्टीमा पराजित गर्दै काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा आर्सनललाई पेनाल्टीमा ५-४ ले पराजित गर्दै लिभरपुल क्वाटरफाइनलमा पुग्न सफल भएको हो । निर्धारित समयसम्म ५-५ गोलको बराबरी खेलेपछि खेल पेनाल्टीबाट छिनोफानो भएको हो ।

पेनाल्टी हुनुअघि खेलको छैटौं मिनेटमा नै आर्सनलका सकड्रन मुस्ताफीले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता बनाएको थियो । खेलको १९औं मिनेटमा लुकास टोरिराले गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरी दिलाए । खेलको २६औं र ३६औं मिनेटमा गबि्रयल मार्टिनेलीले गोल गर्दै आर्सनललाई ३-१ गोलको अग्रता दिलाएका थिए ।

खेलको ४३औं मिनेटमा जेम्स मिल्नरले गोल गरेपछि लिभरपुलले पहिलो हाफसम्म ३-२ गोलको स्थितिमा पुर्‍याएको थियो । खेलको ५४ औं मिनेटमा मैटल्यान्ड निल्सले गोल गर्दै आर्सनललाई ४-२ को अग्रता दिलाए । ५८ औं मिनेटमा एलेक्स चेम्बरलिन र ६२औं मिनेटमा ओरिगीले गोल गर्दै लिभरपुललाई ४-४ गोलको बराबरीमा ल्याए ।

खेलको ७०औं मिनेटमा जोसेप विलकले गोल गर्दै आर्सनललाई ५-४ को अग्रता दिलाएपनि ओरिगीले खेलको अतिरिक्त समयमा गोल गरेपछि लिभरपुलले ५-५ गोलको बराबरी बनायो । त्यसपछि खेल पेनाल्टीबाट छिनोफानो भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment