Comments Add Comment

साउथह्याम्पटनमाथि सिटीको जित

Photo Credit : प्रिमियर लिग

१७ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले साउथह्याम्पटनलाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा घरेलु टोली सिटीले साउथह्याम्पटनलाई २–१ गोलअन्तरले पराजित गरेको हो । सिटीको जितमा सर्जियो अगुइरो र काइल वाल्करले गोल गरे । यता, साउथह्याम्पटनका लागि जेम्स वार्ड प्रोसले गोल गरे ।

खेलको १३ औं मिनेटमा नै प्रोसले गोल गर्दै साउथह्याम्पटनलाई पहिलो पहिलो हाफसम्म १–० गोलको अग्रता दिलाएका थिए । तर खेलको ७०औं मिनेटमा अगुइरोले गोल गर्दै सिटीलाई १–१ गोलको स्थितिमा ल्याए । खेलको ८६औं मिनेटमा वाल्करले गोल गर्दै सिटीलाई २–१ गोलको जित दिलाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment