Comments Add Comment

तेस्रो खेलमा इंग्ल्यान्डमाथि न्युजिल्यान्डको जित

१९ कात्तिक, काठमाडौं । तेस्रो टी–२० क्रिकेट खेलमा घरेलु टोली न्युजिल्यान्डले इंग्ल्यान्डलाई पराजित गरेको छ ।

न्युजिल्यान्डले इंग्ल्यान्डलाई मंगलबार भएको तेस्रो खेलमा १४ रनको जित हात पारेको हो । १८१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १६६ रन मात्रै बनाएपछि न्युजिल्यान्डले जित हात पारेको हो ।

इंग्ल्यान्डका लागि डेविड मलानले ५५ रन बनाउँदा जेम्स भिन्सले ४९ रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका लकी फर्गुसन र ब्लाइर टिकनरले समान २–२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १८० रन बनाएको थियो । न्युजिल्यान्डका लागि कोलिन डे ग्रान्डहोमले ५५ रन बनाउँदा मार्टिन गुप्टिलले ३३ र रोस टायलरले २७ रन बनाएका थिए ।

पाँच खेलको टी–२० क्रिकेट सिरिज न्युजिल्यान्डले २–१ को अग्रता बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment