Comments Add Comment

शे-फोक्सुन्डो पुग्यो बुलेट बाइक र्‍यालीको टोली

२२ कात्तिक, काठमाडौं । कर्णाली प्रदेशको पर्यटन प्रवर्धन र भ्रमण वर्ष २०२० लाई लक्षित गरी पशुपतिनाथदेखि सुरु भएको बुलेट बाइक र्‍याली शे-फोक्सुन्डो पुगेको छ ।

र्‍याली चार दिन लगाएर डोल्पा सदरमुकाम दुनै पुगेको थियो । पहिलो दिन काठमाडौ देखि दाङ, दोस्रो दिन जाजरकोट तेस्रो दिन डोल्पाका त्रिपुरकोट र चौथो दिन दुनै बजार पुगेको थियो ।

जाजरकोट देखि डोल्पाको दुनैसम्मको सडक अफरोड रहेको छ । बाटोमा पुलहरु नहुँदा केही असहज भएको नास बुलेट कल्बका अध्यक्ष प्रकाश लिम्बुले बताए ।

भक्खरै मात्र राष्ट्रिय सडक सञ्जालमा जोडिएको डोल्पामा रहेको शे-फोक्सुन्डो नेपालको गहिरो सबैभन्दा ताल हो ।

यसका साथै डोल्पामा विश्वकै उच्च मानव बस्ती धो-ताक्सी, २०५२ सालमा नेपालको हो भनेर पत्ता लागेको छार्का भोटको कु-गाउँ, नेपालकै एक मात्र शहरतारामा बोलिने काइके भाषालगायतका प्रकृतिक सौन्दर्य डोल्पामा छ । तर, पवर्धन हुन सकेको छैन ।

मोटरसाइकल यात्राले केही भए पनि प्रचारप्रसारमा सहयोग पुग्ने नेपाल बुद्धिजीवी परिषद्का डोल्पाका अध्यक्ष आडबहादुर लामाले बताए ।

कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिम, सल्यान र डोल्पा जिल्लाको पर्यटन प्रवर्धन प्रवर्धनका लागि मोटरसाइकल र्‍याली गरेको मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले बताए ।

मनघरी फाउन्डेसन र नासा बुलेट क्लबले पहिलो पटक काठमाडौं-शे-फोक्सुन्डो मोटरसाइकल यात्रा आयोजना गरेका हुन् ।

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment