+

लेष्टरसँग हार्‍याे आर्सनल

२०७६ कात्तिक  २४ गते ७:३१ २०७६ कात्तिक २४ गते ७:३१
लेष्टरसँग हार्‍याे आर्सनल

२४ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले आर्सनललाई पराजित गरेको छ ।

शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा लेष्टर सिटीले आर्सनललाई २–० गोलअन्तरले पराजित गरेको हो । लेष्टर सिटीको जितमा ज्यामी भर्डी र जेम्स माडिसनले समान १–१ गोल गरे ।

पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफमा लेष्टर सिटीले उत्कृष्ट पुनरागमन गर्दै दुई गोल गर्न सफल भयो । खेलको ६८ औं मिनेटमा भर्डीले गोल गर्दै लेष्टर सिटीलाई अग्रता दिलाएका थिए ।

खेलको ७५ औं मिनेटमा माडिसनले गोल गर्दै लेष्टर सिटीलाई २–० गोलको जित दिलाएका हुन् ।

यो जितसँगै लेष्टर सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ । लेष्टरको १२ खेलबाट २६ अंक भएको छ । लिगको शीर्ष स्थानमा भने लिभरपुल रहेको छ । उसको ११ खेलबाट ३१ अंक छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय