Comments Add Comment

कांग्रेस प्रमुख सचेतकको प्रश्नः सीमा अतिक्रमणबारे प्रधानमन्त्री किन बोल्दैनन् ?

कपिल ज्ञवाली

३० कात्तिक,बुटवल । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले भारतले नेपालको सीमा मिचेर नक्सा सार्बजनिक गर्दा पनि प्रधानमन्त्री चुइक्क नबोलेको आरोप लगाएका छन् ।

अतिक्रमणविरुद्ध जनता सडकमा उत्रिएका बेला पनि सरकारका प्रमुख नबोल्नु आपत्तिजनक भएको उनले बताए ।

बुटवलमा नेपाल ट्रेड युनियन बुटवलको अधिबेशनलाई सम्बोधन गर्दै कांग्रेस प्रमुख सचेतक खाँणले मिचिएको सीमा फिर्ता ल्याउन सरकारलाई सघाउन कांग्रेस तयार रहेकोे बताए । तर प्रधानमन्त्री चुइक्क नबोलेको भन्दै उनले अघि भने, ‘सरकारमा नहुँदा एउटा कुरा गर्ने, हुँदा अर्को कुरा गर्ने ?’

प्रतिपक्षी कता छ भन्दै टिप्पणी गर्ने प्रधानमन्त्री आफैं जनताको नजरमा सकिएको उनको टीप्पणी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment