Comments Add Comment

‘दुबो’ले महिला फुटबललाई अड्काउने डर

३० कात्तिक, पोखरा । १३ औं दक्षिण एसियाली खेदकुद (साग)को महिला फुटबल पोखरामा खेलाउने तालिका छ । तर प्रतियोगिता सुरु हुन दुई साता मात्र बाँकी रहँदा पनि मैदान तयार भएको छैन ।

खासगरी भारतबाट मगाइएको दुबो समयमा नआइपुग्दा फुटबल रंगशाला तयार भएको छैन । यही कारण सागमा महिला फुटबल पनि प्याराग्लाइडिङ जस्तै हुने नहुने अनिश्चित बनेको छ ।

महिला फुटबल हुने मैदानका लागि कोलकत्ताबाट माटोसहित दुबो ल्याइएको थियो । तर, भारतीय क्वारेन्टाइनले भन्सारमा माटोसहित दुबो रोकिदिँदा १ हप्ता लाग्यो । ८७ हजार वर्गफिट क्षेत्रको लगाइएको दुबो आधाभन्दा बढी उमि्रएन । अहिले १२ हजार वर्गफिट दुबो मगाइएको छ ।

यो बुधबार नै पोखरा आइपुग्ने निर्माण पक्षका दाबी थियो । तर शनिबारसम्म पोखरा आइपुगेको छैन ।

खेल विज्ञहरुका अनुसार नयाँ दूबो बिच्छयाएको २ हप्तामा खेल्न सकिनेछ । तर खेल आउन अब दुई हप्ता नै बाँकी छ । त्यसैले हतारमा दुबो बिच्छयाएपनि खेलका लागि उपयुक्त नहुन सक्छ ।

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा भने खेल मैदानका कारण कुनै समस्या नहुने बताउँछन् ।

१३ औं साग क्षेत्रीय प्रचारप्रसार तथा प्रकाशन समितिले शनिबार पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री विश्वकर्माले साग नेपालको साखसँग जोडिएकाले सबै खेल हुने दाबी गरेका हुन् । ‘१३ औं साग नेपालले तेस्रो पटक आयोजना गर्ने अवसर पाएको छ । त्यसैले यो नेपाल र नेपालीको प्रतिष्ठा, इज्जतसँग पनि जोडिएकाले पूर्वाधारमा कुनै कमी हुँदैन’ उनले भने ।

पोखरा रंगशालाका लागि आवश्यक ग्रान्ड स्टयान्ड प्याराफिट सोमबारसम्म पोखरा आइपुग्ने निर्माण कम्पनीले बताएको उनले सुनाए । मन्त्री विश्वकर्माले भने, ‘सोमबारसम्म पोखरा प्याराफिट लगायतका सबै सामान आइपुग्छ । त्यो जोड्न ४/५ दिन लाग्छ ।’ बाँकी रहेका पूर्वाधार निर्माण मेत मंसिरको पहिलो साता तयार हुने र महिला फुटबल पोखरामै हुने उनको दाबी छ ।

मंसिर १५ बाट सुरु हुने १३ औं सागका ९ खेलपोखरामा हुनेछ भने एक जनकपुरमा र बाँकी १३ काठमाडौंमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment