
३० कात्तिक, काठमाडौं । बङ्लादेशका राष्ट्रपति मोहम्मद अब्दुल हामिदको नेपाल भ्रमण दलमा रहेका सदस्यले आज काठमाडाँैको चन्द्रगिरि हिल्समा अवलोकन भ्रमण गरेका छन् । भ्रमण दलमा रहनुभएका बङ्लादेशका सांसदहरु, राष्ट्रपति कार्यालयका उच्च अधिकारी तथा सल्लाहकार, राजनीतिक दलका नेता, बङ्लादेशकै परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, अन्य विशिष्ट व्यक्तिहरुलगायत २७ जनाले अवलोकन भ्रमण गरे ।
उनीहरुलाई चन्द्रागिरि केबलकारमा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महाप्रबन्धक अभिषेकविक्रम शाह, सञ्चालक अम्बिकाप्रसाद पौडेललगायतले स्वागत गरे । भ्रमण दलका सदस्यले चन्द्रगिरि हिल्सको केबलकारमार्फत हिल्समा पुगेर प्राकृतिक सौन्दर्यको अवलोकन गरे ।
अध्यक्ष ढकालले उक्त लिमिटेडअन्तर्गत निर्मित विविध एकीकृत पर्यटकीय संरचनाका बारेमा जानकारी गराए । भ्रमणमा सहभागी बङ्लादेशका पाहुनाले चन्द्रगिरि क्षेत्रको प्रशंसा गर्दै यस भ्रमणबाट नेपालमा बङ्लादेशी पर्यटकको आगमनमा वृद्धि हुने विश्वास व्यक्त गरे । चन्द्रागिरि हिल्सको अवलोकन भ्रमणका लागि बङ्लादेशका राष्ट्रपति हामिद चन्द्रागिरि जाने पूर्वनिर्धारित कार्यक्रम भने अन्तिम समयमा विशेष कारणले रद्द भएको थियो ।
प्रतिक्रिया 4