Comments Add Comment

सागको खेलाडी छनोटमा क्रिकेट संघको असन्तुष्टि

३० कात्तिक, काठमाडौं । दक्षिण एसियाली खेदकुद (साग)को खेलाडी छनोटलाई लिएर नेपाल क्रिकेट संघ (क्यान)ले असन्तुष्टि जनाएको छ ।

सागका लागि बिहीबार पुरुष र महिला नेपाली टोलीको घोषणा भएको थियो ।

तर यसबारे क्रिकेट संघलाई पूर्व सूचना थिएन र कुनै परामर्श पनि भएको थिएन । दुबै टिम राष्ट्रिय खेलकुद परिषद् (राखेप)का त्रिकेट प्रशिक्षक जगत टमाटाले सार्वजनिक गरेका थिए ।

क्यानका एक पदाधिकारी भन्छन्, ‘प्रशिक्षक उमेश पटवाल र कप्तान ज्ञानेन्द्र मल्लको हस्ताक्षर भएको सूची मिडिया र हामीलाई एकै पटक प्राप्त भयो । यो प्रक्रियामा हाम्रो कुनै संलग्नता छैन

स्रोतकाअनुसार क्रिकेट संघको असन्तुष्टि कोको खेलाडी परे वा परेनन् भन्नेमा भने होइन । क्यान आइसकेको अवस्थामा पनि खेलाडी छनोट प्रक्रियामा बाइपास गरेका उसको असन्तुष्टि हो ।

यसबारे क्यान महासचिव अशोकनाथ प्याकुरेलले तत्काल मुख्य प्रशिक्षक पटवाल र राखेप प्रशिक्षक टमाटालाई सोधेका थिए । दुबैले क्रिकेट संघको निलम्बन फुकुवा नभइसकेको अवस्थामा नै ३५ सदस्यीय प्रारम्भीक टोली बनाएको र त्यसअनुसार नै अन्तिम टोली बनाएको जवाफ दिएका छन् ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले २७ भदौमा नेपाल क्रिकेट संघको निलम्बन सशर्त फुकुवा गरेको थियो । तर क्यानको कार्यालय स्थापना लगायतका कामहरु समेत हुन सकेको छैन । अन्तरिम कार्ययोजना बनाउन आउन भनिएको आईसीसीका प्रतिनिधि अझैसम्म आइनपुगेकाले पनि क्रिकेट संघको कामकारबाहीमा अलमल देखिएको एक सदस्यले बताए ।

यद्यपि क्रिकेट संघले फ्रेन्चाइज लिग खेल्ने क्रिकेटरहरुलाई नो अब्जेक्सन लेटर दिने, सागका लागि जनशक्ति उपलब्ध गराउने लगायतका काम गरिसकेको छ । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)को पोखरा टुर र इमर्जिङ टिम्स एसिया कपमा सहभागिताको सबै व्यवस्थापन पनि क्रिकेट संघले नै गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment