Comments Add Comment

क्यान महासंघको अध्यक्षमा सुनैना घिमिरे पाण्डेको उम्मेदवारी घोषणा

काठमाडौं । कम्प्यूटर एसोसिएसन नेपाल (क्यान महासंघ)को आसन्न निर्वाचनको लागि सुनैना घिमिरे पाण्डेको समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको छ ।

क्यान महासंघको निर्वाचनको अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष सुनैना घिमिरे पाण्डेले आज शनिवार आयोजित घोषणा सभामार्फत आफ्नो उम्मेदवारीका साथै समूहको उम्मेदवारीसमेत घोषणा गरिन् ।

घोषणासभामा बोल्दै अध्यक्षका प्रत्यासी पाण्डेले आफूले क्यानलाई सूचना प्रविधिको क्षेत्रमा ससक्त, सबल र अनुसन्धानमुलक संस्थाको रुपमा अगाडि बढाउने बताइन् । उनले सूचना तथा संचार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको एकमात्र छाता संगठन क्यान महासंघलाई सहि नीति र नेतृत्वले मात्र अगाडि बढाउन सक्ने भन्दै आफूलाई अत्यधिक मतले निर्वाचित गराउन आग्रह गरिन् ।

‘क्यान महासंघलाई गैर राजनीतिक संस्थाको रुपमा सुरक्षित राख्दै सूचना तथा संचार प्रविधिमा नेपालको एकमात्र सर्वोच्च संस्थाको रुपमा स्थापित गराउनेछु, त्यसैगरी स्टार्टअप कम्पनीहरुलाई प्रोत्साहन गर्ने र आईसीटी बोर्ड गठन गर्न पहल गर्नेछु,’ अध्यक्षका प्रत्यासी पाण्डेले भने ।

उनले सरकारको डिजिटल नेपाल फ्रेमवर्क अभियान साकार पार्न सहयोग गर्ने र क्यान महासंघलाई स्मार्ट क्यान बनाउने योजना पनि सार्वजनिक गरिन् ।

‘मेरो टिमको तर्फबाट आईसीटी इन्डष्ट्रि डाटालाई व्यवस्थित गरी यस क्षेत्रमा सन् २०२४ सम्ममा ५ लाख रोजगारी बढाउन यथोचित भूमिका निर्वाह गर्नेछु,’ उनले भनिन् ।
घोषणा सभामा सुनैना घिमिरे पाण्डे समूहको तर्फबाट उम्मेदवारहरुको समेत घोषणा र परिचय गराईएको थियो । घोषणा सभामा क्यान महासंघका पूर्व अध्यक्षहरुसहित अन्य सदस्यहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment