Comments Add Comment

कास्कीका उम्मेदवारलाई प्रश्नः नैतिकवान र निष्कलंकित बन्न सक्नुहुन्छ ?

उम्मेदवारका एकै स्वरः प्रतिवद्धता भुल्दैनौं, भ्रष्टाचार गर्दैनौं

२९ कात्तिक, पोखरा । राजनीतिक दलका नेताहरुलाई सधैं लाग्ने आरोप हो, ‘चुनाव जितेपछि आफैंले गरेको प्रतिवद्धता बिर्सिन्छन्, भ्रष्टाचार र अनैतिक बन्दै गए ।’

प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा उम्मेदपवारी दिएका चार पार्टीका उम्मेदवारले पनि शुक्रबार यस्तै प्रश्नको सामना गर्नुपर्‍यो ।

मंसिर १४ मा हुने उपचुनावका लागि ११ दल र १० स्वतन्त्र गरी २१ जना उम्मेदवार छन् ।  जसमध्ये तीन राष्ट्रिय पार्टी र अघिल्लो चुनावमा तेस्रो बनेको एक पार्टीका उम्मेदवार एउटै मञ्चमा उपस्थित भए र आफ्नो प्रतिवद्धता, योजना र नैतिकताको प्रश्नमा जवाफ दिए ।

कार्यक्रम थियो, उम्मेदवारसँग संवाद । नेपाल पत्रकार महासंघले नेपाल कम्युनिस्ट पार्टी नेकपाकी उम्मेदवार विद्या भट्टराई, नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेल, समाजवादी पार्टीका धर्मराज गुरुङ र साझा पार्टीकी उम्मेदवार रजनी केसीलाई एउटै मञ्चमा उपस्थित गरायो ।

कार्यक्रममा सहभागी र सहजकर्ता दिलभुषण पाठकले उम्मेदवारलाई राखेको प्रश्नमा सबै उम्मेदवारको साझा आवाज थियो, ‘भ्रष्टाचार गर्दैनौं, प्रतिवद्धता भुल्दैनौं र निस्कलंक बन्नेछौं ।’

सबै उम्मेदवारहरुले शालिन बहसमा भाग मात्रै लिएनन्, एजेन्डा र मतदाताप्रति उत्तरदायी हुने प्रतिवद्धता पनि गरे । उम्मेदवारहरुले नैतिकवान बन्ने र भ्रष्टाचारको आरोप लागे राजीनामा दिने बताए ।

सबैले दलका नेता र सासंद खराब बाटो हिँड्दा राजनीतिक दलमाथि नै जनताको बितृष्ण रहेको बताए । कानुन र संविधानविपरीत व्यवहार गरे जनताले प्रश्न उठाउन सक्ने र कहिल्यै भ्रष्टाचारमा नफस्ने उम्मेदवारहरुले बाचा गरे ।

समाज निर्माणको अभियान नै मूल मुद्दाः विद्या

नेकपाकी उम्मेदवार विद्याले नेपालको संविधान, ऐन, नियम र कानुनअनुसार चल्ने, भ्रष्टाचार र गलत बाटोमा नहिँड्ने प्रतिवद्धता गरिन् । रवीन्द्र अधिकारीको निधनले भएको पीडाबाट माथि उठ्दै उम्मेदवार बनेको विद्याको भनाइ थियो ।

‘समृद्ध नेपाल र सुखी नेपालीका लागि आफूलाई अगाडि बढाउनुपर्छ भन्ने सोच विकास गरें । हिजोको पृष्ठभूमि, आजको परिस्थितिले राष्ट्र निर्माणको अभियानमा लाग भनेर प्ररित गरिएको मैले महसुस गरें,’ विद्याले आˆनो उम्मेदवारीबारे भनिन्, ‘राजनीतिक स्थायित्व, समावेशी लोकतन्त्र, सामाजिक न्यायमा आधारित समाज निर्माणको अभियान नै मेरो मूल मुद्धा रहने छ ।’ जनतालाई आश्वासन दिनेभन्दा पनि संसदीय व्यवस्थाभित्रको एउटा अत्यन्त इमान्दार र कर्मशील भएर अगाडि लाग्ने विद्याको प्रतिवद्धता छ ।

‘भोलिका दिनमा विद्या भट्टराई आचार उल्लंघन गर्ने छैन, संविधान कानुन र ऐनलाई मिच्ने छैन भन्ने प्रतिवद्धता जनाउँछु,’ उनले भनिन् । नेतालाई आयब्याय सार्वजनिक नगर्ने, नियम कानुन मिच्ने जस्ता आरोप नेतालाई लाग्ने गरेको छ । विद्याले आˆनो जीवन खुला किताब भएकाले जसले पनि अध्ययन गर्न सक्ने बताइन् ।

पोखराको पर्यटन विकाससँगै रवीन्द्रले निर्माण नेतृत्व गरिरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न गर्न र महिलाई आत्मनिर्भर बनाइ समृद्ध नेपाल निर्माणमा आफूले भूमिका खेल्ने विद्याको प्रतिवद्धता छ । शिक्षा, स्वाथ्यजस्ता मौलिक अधिकारका क्षेत्रलाई अझ सर्वसुलभ बनाएर लैजाने उनको भनाइ थियो ।

सरकारी रबैयाविरुद्ध चुनावमा आएँः खेमराज

नेपाली कांग्रेसका उम्मेदवार खेमराजले जनताप्रति अनुत्तरदायी बनेको सरकारको विरुद्धमा आˆनो उम्मेदवारी भएको बताए ।

व्यस्त भ्रष्टाचारबाट देश आक्रान्त भएकाले आफू मैदानमा उत्रनु परेको उनको भनाइ थियो । ‘देशमा व्यप्त भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ हिँड्न लागेको सरकारी रबैयाको विरुद्धमा नेपाली कांग्रेसको उम्मेदवारी हो । राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, संघीयता मजबुद हुँदै जानु पर्नेमा कमजोर हुँदै गएको हुनाले यसको रक्षाका लागि अभियान चलाउन पनि उम्मेदवारी हो,’ खेमराजले भने, ‘ खेमराजले भने, ‘पोखरालाई विश्वकै अझ बढी आकर्षणस्थल बनाएर ओइरो लाग्ने बनाएर काम गर्नुपर्छ र त्यसलाई कार्यान्वयन गर्न मेरो उम्मेदवारीले सहयोगी भूमिका खेल्ने छ भन्ने विश्वस्त छु ।’ ग्रामिण क्षेत्रका गाउँ नगरमा गाभिएका वडामा नगरसरहकै सेवा पुर्‍याउन आफूले भूमिका खेल्ने पौडेलले प्रतिवद्धता जनाए ।

जनताको विश्वास जितेर निर्वाचित भएर गइसकेपछि चुनावमा गरेका प्रतिवद्धता भुलेर गएका कारण राजनीतिक पार्टीहरुप्रति बितृष्णा बढेको बताए । ‘घरदैलोमा जाँदा चुनावमा आस्वासन दिनुहुन्छ, बोल्नुहुन्छ र पछि झुक्याउनुहुन्छ भन्ने प्रतिक्रिया आउँछ, पार्टीका घोषणापत्र झुटका पुलिन्दा बन्नु हुँदैन’ खेमराजले भने ।

नेताहरु निष्ठा र पार्टीको विचार, शिद्धान्त भुलेर जाने, बोलाई र गराईमा फरक हुँदै गएकाले राजनीतिक संस्कार बिगि्रएको पौडेलले बताए । नीतिगत रुपमा चुकेका नेतालाई उत्तरदायी हुन आफूले आवाज उठाउने उनको प्रतिवद्धता छ । लोकतन्त्रको रक्षाका निम्ति आˆनो उम्मेरी भएको खेमराजले दोहोर्‍याए ।

स्रोत, साधनको परिचालन गरेर समृद्ध पोखराका निम्ति आफूले निन्तर काम गर्ने उनले बताए । पर्यटन, जलस्रोत र कृषिको अधुनिकीकरण आजको आवश्यकता भएको उनको भनाइ थियो ।

इन्जिनियरको सीप पोखरामा लगाउँछुः धर्मराज

समाजवादी पार्टीका धर्मराजले युनाइटेट नेसन र ब्रिटिस आर्मीमा इन्जिनियरको रुपमा काम गरेको अनुभव पोखराको विकासमा लगाउन उम्मेदवारी दिएको बताए । ‘२४ वर्ष ब्रिटिस आर्मीमा जागिर गरें । १५ वर्ष युएनमा काम गरें । १ सय ८५ देशका व्यक्तिसँग काम गर्दाखेरी त्यहाँ देखेको विकास र फर्केर आफ्नो देश हेर्दाखेरी असाध्यै दुख लाग्यो,’ धर्मराजले भने, ‘देशमा नागरिकको सम्मान, सुशासन र समृद्धि मेरो मुख्य मुद्दा हुन् ।’

धर्मराजले आफू ४ पुस्तादेखि निस्कलंक भएको र एउटा इन्जिनियरको हैसियतले समाजवादी पार्टीबाट उम्मेदवारी दिएको धर्मराजको भनाइ थियो । देशमा भएका अनेकन समस्या, चाहिने कुरा पनि नचाहिने नचाहिने गरी भइरहेकाले त्यसलाई चिर्न आफू जनतामाझ आएको उनले बताए ।

सांसद तथा जनप्रतिनिधि इमान्दार र जनताप्रति उत्तरदायी हुनुपर्ने उनले बताए । ‘एउटा सांसद जनताको माझमा जो बोलेर जान्छ । त्यो बचन कहिल्यै भुल्नु हुँदैन,’ धर्मराजले भने, ‘ धर्मराजले भने, ‘एउटा सांसद पैसाको प्रलोभनमा कहिल्यै पर्नुहुँदैन । सांसद चुनाव जितेर गएपछि कहिल्यै नफर्किने सबैभन्दा ठूलो गल्ती हो । जनताको साझमा संवाद गरेर काम गर्ने हो ।’

आफूले भ्रष्टाचार नगर्ने बरु राजीनामा दिने बताए । कानुन बनाउनुपर्ने सांसद सार्वजनिक जग्गा हडप्नेदेखि कसैको नाममा गरिदिने काममा लागेको गुरुङले बताए । ‘सांसदको काम कानुन बनाउने हो, सार्वजनिक जग्गा कसैको नाममा गराइदिने होइन,’ धर्मराजले भने, ‘सांसदलाई पनि अब केके काम गर्ने भन्ने लेखेर दिनुपर्ने अवस्था आयो ।’ चुनावमा खर्च गर्ने र सांसद भएपछि कहाँबाट पैसा आउँछ भन्दै हिँड्ने काम भइरहेको उनको आरोप थियो । नेता तथा सांसदको सम्पत्ति छानबिन गरी अनियमित भेटिए ४० प्रतिशत उसलाई दिएर ६० प्रतिशत राष्ट्रियकरण गर्नुपर्ने धर्मराजको भनाइ थियो ।

विकृतिपूर्ण राजनीतिबाट पार लगाउन उम्मेदवारीः रजनी

साझा पार्टीकी उम्मेदवार रजनी केसीले लामो समय व्यवस्था र संविधान बनाउँदै बितेकाले अब अवस्था नै परिवर्तन हुनुपर्छ भनेर उम्मेदवार भएको बताइन् ।

२०४७ सालयता संविधान प्राप्त त कहिले प्रजातन्त्रले पुगेन लोकतन्त्र र गणतन्त्रका कुरा गर्दैमा बितेको उनको भनाइ थियो । राजनीतिक परिवर्तन धेरै भए पनि अवस्था जहाँको त्यहीँ रहेकाले आफू चुनावी मैदानमा आएको रजनीले बताइन् । ‘यो तन्त्र र उ तन्त्रले मात्रै हुँदो रहेनछ विकासका लागि । गणतन्त्र हुँदै यहाँसम्म आइपुग्न पनि देश र जनताको स्थिति जहाँको त्यहीँ छ,’ रजनीले भनिन्, ‘अहिले नेपालै नरहने नेपाली कहाँ रहौंला भनेर रुनु पर्ने अवस्था आयो,’ रजनीले भनिन्, ‘मेरो मुख्य मुद्दा कुशासन, भ्रष्टाचार, विसंगति, विकृतिपूर्ण राजनीतिबाट पार लगाएर सुसंस्कृत राजनीति थालनी गर्नुपर्दछ, आर्थिक पारदर्शिता कायम गर्नुपर्दछ भन्ने मूल मान्यताअनुरुप मेरो उम्मेदवारी हो ।’

सांसद शासक बन्न होइन जनताको सेवक बन्न जानुपर्नेमा नेपालमा त्यस्तो नभएको रजनीको भनाइ छ । ‘इमान्दारिता र निष्ठामा ह्रास आएकै कारण आज मुलुक यो अवस्थामा आइपुगेको हो,’ रजनीले भनिन् । देशमाथि चीरहरण भइरहेको यस्तो अवस्थामा पनि हेरेर बस्ने अवस्था अहिले देशमा आएको रजनीको भनाइ थियो । ‘एउटा व्यक्तिले राज्यको सार्वजनिक जग्गा हडपेर बस्दा कसले न्याय दिने भनेर प्रताडित हुनुपर्ने अवस्था छ,’ रजनीले भनिन्, ‘साझा पार्टीको एउटा एजेण्डा नै छ नेताको २०४७ सालयताको सम्पति छानबिन हुनुपर्छ ।’

कार्यक्रममा चारै जना उम्मेदवारले पोखरालाई व्यवस्थित र पर्यटन विकासमा लाग्ने प्रतिवद्धता जनाए ।

तस्वीर सौजन्यः जक्सन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment