Comments Add Comment

पीएसएलको ड्राफ्टमा पारससहित ७ नेपाली क्रिकेटर

२ मंसिर, काठमाडौं । पाकिस्तान सुपर लिगको ड्राफ्टमा पारस खड्कासहित नेपाली क्रिकेटर परेका छन् ।

पीएसएल आयोजकले सोमबार सार्वजनिक गरेको सिल्भर क्याटगोरीको ड्राफ्टमा पारससँगै आरिफ शेख, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, रोहितकुमार पौडेल, शरद भेषावकर र सोमपाल कामी परेका हुन् ।

पारस शरद, सोमपाल, दीपेन्द्र र रोहितकुमारले व्यक्तिगत रुपमा नाम पठाएका थिए भने आरिफ र विनोदको नाम नेपाल क्रिकेट संघ (क्यान)ले पठाएको थियो ।

क्रिकेट संघले सिफरिस गरेका करण केसी, पवन शरार्फ र ललित नारायण राजवंशी भने अहिलेसम्म ड्राफ्टमा परेका छैनन् । यद्यपि इमर्जिङ क्याटगोरीमा परेकाहरुको सूची सार्वजनिक हुन बाँकी नै छ ।
यस्तै नेपाली युवा स्पीनर सन्दीप लामिछाने यसअघि नै ड्राफ्टको प्लाटिनम क्वाटगेरीमा परेका थिए ।

पीएसएल ड्राफ्टमा खेलाडीलाई ५ क्याटगोरीमा राखिएको छ । सबैभन्दा महंगो क्याटगेरी प्लाटिनम हो, जसमा पर्ने खेलाडीले १ लाख ४७ हजार देखि २ लाख १८ हजार अमेरिकन डलरसम्म पाउनसक्छन् । यस्तै सिल्भर क्याटगेरीमा पर्नेले १५ देखि ३५ हजार अमेरिकी डलर पाउनेछ ।

पीएसएलको ड्राफ्ट आगामी डिसेम्बर ६ र ७ मा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment