Comments Add Comment

नेपाल-भारत सीमा सुरक्षा बैठक पोखरामा बस्दै, दशगजामा गस्ती मुख्य एजेण्डा

४ मंसिर, काठमाडौं । नेपाल र भारतका अधिकारी सम्मिलित सीमा सुरक्षा बैठक बुधबारबाट पोखरामा सुरु हुँदैछ । नेपाल र भारतबीच सीमा विवाद चर्किरहेका बेला बुधबारबाट शुक्रबारसम्म सीमा सुरक्षा बैठक बस्न लागेको हो ।

पोखराको दोबिल्लास्थित माउन्ट ग्लोरी रिसोर्टमा हुने बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र एसएसबीका महानिर्देशक कुमार राजेश चन्द्र नेतृत्वको टोली सहभागी हुनेछ । बैठकमा सहभागी हुन भारतबाट पाँच जनाको टोली पोखरा आएको छ ।

सुरक्षा स्रोतका अनुसार अन्तरदेशीय सीमा अपराध, दशगजामा संयुक्त गस्ती, सूचना आदान प्रदानका एजेण्डामा बैठक केन्द्रित हुनेछ ।

भारतले हालै जारी गरेको विवादित नक्सा र भारतद्वारा अतिक्रमित नेपाली भूमिबारे बैठकमा छलफल नहुने स्रोतले बतायो ।

सीमा सुरक्षा बैठक हरेक वर्ष आयोजना गर्ने प्रावधान छ । यद्यपि, नेपाल-भारत सीमा सुरक्षा बैठक नियमित हुन सकिरहेको छैन । ०६९ सालयता जम्मा तीनपटक मात्रै नेपाल-भारत सीमा सुरक्षा बैठक बसेको छ ।

२०६९ सालमा भारतमा पहिलो बैठक बसेको थियो । त्यसपछि दोस्रो बैठक ०७२ सालमा नेपालमा बसेको थियो । २०७३ साल साउन अन्तिम साता भारतको नयाँदिल्लीमा तेस्रो बैठक बसेको थियो । चौथो बैठक पोखरामा बस्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment