Comments Add Comment

निर्वाचन आचार संहिताबारे दलहरुसँग छलफल

६ मंसिर, गुल्मी । मंसिर १४ मा हुने उपनिर्वाचनमा गुल्मीमा रहेका दलहरु र सरकोकारवाला निकायहरुसँग निर्वाचन आचार संहिताबारे छलफल भएको छ ।

रुरु क्षेत्र गाउँपालिका ६ रिमुवामा ०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष पूर्णबहादुर रेगामीको निधन भएपछि उपनिर्वाचन हुँदैछ ।

जिल्ला निर्वाचन कार्यालय गुल्मीको आयोजनामा शुक्रबार जिल्ला प्रशासन कार्यालय गुल्मीमा क्रियाशील दलहरु सुरक्षा निकाय र सरोकारवाला निकायसँग छलफल भएको हो ।

निर्वाचनमा दलहरुले पालना गर्नु आचार संहिताबारे जिल्ला निर्वाचन अधिकृत राजेन्द्र पोखरेलले जानकारी गराएका थिए ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले निर्वाचनको क्रममा हालसम्म भएका कामहरु र अबस्थाको बारेमा जानकारी गराएका थिए ।

निर्वाचनमा आचार संहिता र हालको अवस्थाबारे मुख्य निर्वाचन अधिकृत पौडेलले सरोकारवाला निकायहरुलाइ जानकारी गराएका थिए । निर्वाचनको लागि मतदाता शिक्षा प्रदान गर्न मंसिर ५ बाट २ जना मतदान हुने स्थानमा खटिएको पोखरेलले बताए ।

मतदाता शिक्षा कर्ताले मतदान कसरी गर्ने लगायतका शिक्षा प्रदान गर्ने कार्य गरिरहेको पोखरेलको भनाइ छ । निर्वाचनमा गत साउन १६ गतेसम्म निर्वाचन आयोगमा दर्ता भएका मतदाताले मात्रै मतदान गर्न पाउने छन् ।

अघिल्लो निर्वाचनमा मतदानको लागि परिचयपत्र पाएकालाई यसपटक भने नयाँ बितरण नहुने बारे जानकारी गराइएको थियो ।

नयाँ दर्ता भएकाले मात्रै मतदाता परिचयपत्र पाउने जिल्ला निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए । निर्वाचनलाई शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न सुरक्षा रणनीतिबारे जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी गराएका थिए ।

शान्तिपूर्ण वातावरणमा निर्वाचनलाई सम्पन्न गर्न दलहरु लगायत सरोकारवालाहरुको सहयोग जरुरी रहेको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । वडा अध्यक्ष पदका लागि ३ जना उम्मेदवारले चुनावी मैदानमा छन् ।

निर्वाचनमा नेकपा र नेपाली कांग्रेस र १ जना स्वतन्त्र उम्मेदवार रहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गिरिप्रसाद सिंजाली र नेपाली काँग्रेसबाट बेदप्रसाद दर्लामी चुनावी मैदानमा छन् । त्यस्तै सोही वडाको वडा अध्यक्ष पदका लागि मनबहादुर दर्लामीले स्वतन्त्र उम्मेदर रहेका छन् ।

वडामा २ हजार ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । निर्वाचनको लागि एउटा मतदान केन्द्रमा दुईवटा स्थल राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment