Comments Add Comment

ट्याक्सी चढेर घर गए गोकर्ण विष्ट

५ मंसिर, काठमाडौं । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट बिहीबार सिंहदरबारबाट ट्याक्सी चढेर घरतर्फ गएका छन् ।

नवनियुक्त श्रममन्त्री रामेश्वर राय यादवलाई बधाई तथा शुभकामना दिन गएका निवर्तमान मन्त्री विष्ट त्यहाँबाट ट्याक्सी चढेर आफ्नो घर सामाखुशीतर्फ फर्किएका हुन् ।

उनका प्रेस सहयोगी मदन खनालका अनुसार मन्त्रालयबाट पैदल आएका विष्टले सिंहदरबार गेट अगाडि गुडिरहेको ट्याक्सी रोकेर चढेका हुन् ।

विष्टले मन्त्री हुँदा लिएको गाडी बिहीबार विहानै फिर्ता गरेका थिए । उनी विहीबार नै पुल्चोकस्थित मन्त्री निवासबाट सरेका छन् ।

यसअघि २०६८ सालमा ऊर्जा मन्त्रीबाट पदमुक्त भएपछि पनि विष्‍ट ट्याक्सी चढेरै घर गएका थिए ।
यो पनि पढ्नुहोस प्रधानमन्त्रीको मायाले यहाँ आएँ, भगवान सम्झेर घुस खान्नँ : राज्यमन्त्री दुगड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment