News Summary
Generated by OK AI. Editorially reviewed.- जापानमा जारी आइची–नागोया २०२६ एसियन पारा खेलकुदमा नेपाली पारा पौडी खेलाडी हर्कमान घर्तीले पुरुष ५० मिटर फ्रिस्टाइल एस–५ को फाइनलमा स्थान बनाए।
- हिट्स चरण पार गर्दै फाइनल पुगेका हर्कमान एसियन पारा खेलकुदको यस स्तरमा फाइनल पुग्ने पहिलो नेपाली पारा पौडी खेलाडी बने।
- राष्ट्रिय पारा पौडी संघ नेपालले हर्कमानको उपलब्धिलाई ऐतिहासिक भन्दै प्रशिक्षक, परिवार र सहयोगीलाई धन्यवाद दिएको छ।
२ कात्तिक, काठमाडौं । नेपाली पारा पौडी खेलाडी हर्कमान घर्ती जापानमा जारी आइची–नागोया २०२६ एसियन पारा खेलकुदको पुरुष ५० मिटर फ्रिस्टाइल एस–५ स्पर्धाको फाइनलमा प्रवेश गरेका छन् ।
राष्ट्रिय पारा पौडी संघ नेपाल (एनपीएसएएन) का अनुसार हर्कमानले हिट्स चरण पार गर्दै फाइनलमा स्थान बनाएका हुन् । एसियन पारा खेलकुदको यस स्तरमा फाइनल पुग्ने उनी पहिलो नेपाली पारा पौडी खेलाडी बनेका छन् ।
संघले हर्कमानको उपलब्धिलाई ऐतिहासिक भन्दै उनको अनुशासन, साहस र निरन्तर प्रयासले नेपाली पारा खेलाडीका लागि प्रेरणा दिएको जनाएको छ ।
संघले उनको प्रशिक्षक, परिवार तथा सफलतामा योगदान गर्ने सबैलाई धन्यवाद दिँदै फाइनलका लागि शुभकामना पनि दिएको छ।
हर्कमानले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै बलियो नतिजा निकाल्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया 4