+

साग पुरुष फुटबल : नेपाल र भारत अलग अलग समूहमा

२०७६ मंसिर  ६ गते १४:०२ २०७६ मंसिर ६ गते १४:०२
साग पुरुष फुटबल : नेपाल र भारत अलग अलग समूहमा

६ मंसिर, काठमाडौं । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा नेपाल र भारत अलग अलग समूहमा परेका छन् ।

शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सार्वजनिक गरिएको खेलतालिका अनुसार समूह ए मा नेपालसँगै  बंगलादेश र  भुटान रहेका छन् ।

समूह बी मा भारतसँगै माल्दिभ्स र  श्रीलंका रहेका छन् ।

पुरुष फुटबलमा नेपाल अघिल्लो संस्करणको विजेता हो । नेपालले १२ औं सागको फाइनलमा भारतलाई हराएर स्वर्ण जितेको थियो । पुरुष फुटबलमा सार्क सदस्य राष्ट्रमध्ये पाकिस्तान सहभागी छैन  ।

पुरुष फुटबलका खेलहरु दशरथ रंगशालामा हुनेछ । लिग कम नकआउटका आधारमा खेल हुने र समूहको शीर्ष दुईमा रहने टिम सेमिफाइनल पुग्नेछ ।

पहिलाे खेल नेपाल र बंगलादेशबीच हुनेछ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय