Comments Add Comment

साग महिला फुटबलमा ४ टिममात्र, नेपालको पहिलो खेल श्रीलंकासंग

६ मंसिर,  काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता  (साग) अन्तर्गतको महिला फुटबलमा ४ देशमात्र सहभागी हुने भएको छ । प्रतियोगितामा नेपाल, भारत, माल्दिभ्स र श्रीलंका मात्र सहभागी हुने भएपछि राउन्ड रोविन लिग खेल खेलाइने भएको छ ।

राउण्ड रोविन लिगपछि पहिलो र दोस्रो स्थानमा हुने दुई टिम फाइनल पुग्नेछन् । शुक्रबार सार्वजनिक गरिएको खेल तालिकाअनुसार नेपालले पहिलो खेल श्रीलंकासंग खेल्नेछ । यस्तै भारतले पहिलो खेल माल्दिभ्ससंग खेल्नेछ ।

महिलातर्फ नेपालले १२ औं सागमा रजत पदक जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment