Comments Add Comment

सीएमसीको होस्टलमा कसरी भेटियो पेस्तोल ?

विद्यार्थी भन्छन् : प्रहरीले फसाउन खोज्यो

७ मंसिर, चितवन । कलेज प्रशासनले लिएको अतिरिक्त शुल्क फिर्ता वा समायोजनको माग गर्दै चितवन मेडिकल कलेजका विद्याथीहरु निरन्तर आन्दोलनमा छन् । त्यहीँबाट सुरु भएको आन्दोलन वीरगञ्ज र भैरहवासम्म पुगिसकेको छ ।

तर कलेजले शुल्क समयोजन गर्ने सहमति कार्यान्वयन गर्न आलटाल गर्दै आएको छ । त्यसैले भोलि आइतबार अभिभावकसहित वृहत प्रदर्शन गर्ने विद्यार्थीहरुको तयारी थियो ।

तर शनिबार दिउँसो एकाएक पभरतपुर महानगरपालिका-५ कैलाशनगरमा रहेको होस्टलमा प्रहरी पुग्यो । ठूलो संख्यामा रहेका प्रहरीले होस्टललाई घेरा हालेर राखेको छ । होस्टलका सुरक्षा गार्डले हतियार भेटिएको सूचना दिएपछि प्रहरी पुगेको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताए ।

उनकाअनुसार होस्टलभित्र ९ एमएमको पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली भेटिएको छ ।

तर पेस्तोल कसको हो र कुन अवस्थामा भेटिएको भन्ने प्रहरीले खुलाएको छैन ।

विद्यार्थीहरुले भने आन्दोलनरत आफूहरूलाई फसाउने प्रयास भइरहेको बताएका छन् । सीएमसीमा आन्दोलनको अगुवाई गरिरहेको चिकित्सा शिक्षा संर्घष समितिका संयोजक प्रकाश चन्द हुन् । उनी नेत्रविक्रम चन्द विप्लवका छोरा हुन् ।

उनीसहितका विद्यार्थी नेतालाई फसाउन प्रहरीले आफैले पेस्तोल र गोली भेटिएको भनेर आतंक मच्चाएको एक विद्यार्थीले जानकारी दिए । ‘हामी असुरक्षित र आतंकित छौं’ विद्यार्थीले टेलिफोनमा भने, ‘होस्टलमा हतियार भनेर प्रहरीले फसाउन खोज्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment