Comments Add Comment

लिभरपुलको विजय यात्रा कायम, सिटी रोकियो, चेल्सी पराजित

१५ मंसिर, काठमाडौं । पि्रमियर लिग अन्तर्गत शनिवार भएको खेलमा शीर्ष स्थानको लिभरपुलले जित हात पारेको छ । लिभरपुलले ब्राइटनलाई २-१ ले पराजित गर्दै अपराजित यात्रा कायम राखेको हो । लिभरपुलका लागि डिफेण्डर भान डाइकले दुई गोल गरे ।

तर गोलकिपर एलिसनले दोस्रो हाफमा रातो कार्ड पाएपछि दश खेलाडीमा झरेको थियो लिभरपुल । त्यसपछि ब्राइटनका लागि लेविस डंकले एक गोल फर्काए ।

जितपछि १४ खेलसम्म अपराजित रहेको लिभरपुलले ४० अंक जोडेको छ र दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि ११ अंकको अग्रता बनाएको छ ।

शनिवारै भएको खेलमा सिटी भने न्यूकासल युनाइटेडसँग २-२ को बराबरीमा रोकिएको हो । सिटीका लागि रहिम स्टर्लिङ र केभिन डे ब्रुएनाले गोल गरे भने न्यूकासलका लागि जेट्रो विलेम्स र जोन्जो सेल्भेले गोल गरे।

बराबरीपछि १४ खेलबाट २९ अंक जोडेको सिटी दोस्रो स्थानमा उक्लेको छ । एक खेल कम खेलेको लेस्टर सिटी मान अंक भएपनि तेस्रोमा छ ।

यस्तै लण्डन क्लब चेल्सी भने वेष्टहृयामसँग १-० ले पराजित भएको छ । वेष्टहमका लागि आरोन क्रेसबेलले गोल गरे । हारपछि १४ खेलबाट २६ अंक रहेको चेल्सी चौथो स्थानमा झरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment