Comments Add Comment

युरो २०२० को ‘ड्र’ सार्वजनिक

साविक विजेता पोर्चुगल, फ्रान्स र जर्मनी एउटै समूहमा

१५ मंसिर, काठमाडौं । साविक विजेता पोर्चुगल र साविक उपविजेता फ्रान्स युरो २०२० को एउटै समूहमा परेका छन् । यस्तै अर्को पूर्वविजेता जर्मनीसमेत रहेको यस समूहलाई ग्रुप अफ डेथ मानिएको छ ।

युरोपियन फुटबलको सर्वोच्च निकाय युएईएफएले शनिबार राति सार्वजनिक गरेको खेल तालिका अनुसार यी तीन देश समूह ‘एफ’मा परेका छन् । यस समूहमा अर्को टिम भने प्लेअफ छनोटबाट आउनेछ ।

सार्वजनिक ड्र अनुसार समूह ‘ए’ मा इटली, स्वीट्जरल्यान्ड, टर्की र वेल्स रहेका छन् । समूह ‘बी’ मा बेल्जियम, रुस, डेनमार्क र फिनल्याण्ड छन् भने समूह ‘सी’ मा युक्रेन, नेदरल्यान्ड्स, अष्ट्रिया छन् । यो समूहमा एक टिम प्ले अफबाट आउने छन् ।

समूह ‘डी’ मा इंग्ल्याण्ड, क्रोएसिया, चेक रिपब्लिक र प्ले अफ छनोटबाट आउने टिम रहने छ । समूह ‘ई’ मा स्पेन, पोल्याण्ड, स्विडेन र प्ले अफ छनोटबाट आउने टिम रहेको छ ।

सन् २०२० को जुन १२ देखि जुलाई १२ सम्म हुने युरोकपमा २४ टिमको सहभागिता रहनेछ । यस पटक युरोपको विभिन्न १२ राष्ट्रमा संयुक्त रुपमा आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment