+
+
Shares

खेलाडीको हौसला बढाउन पाकिस्तानी मन्त्री नेपालमा

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १६ गते २०:३३

१६ मंसिर, काठमाडौं । दक्षिण एशियाली खेलमा सहभागी बन्न नेपाल आएका करिब ३ सय खेलाडीहरुमा उत्साह जगाउन पाकिस्तानी मन्त्री डा. फेममिदा मिर्जा नेपाल भ्रमणमा छिन् ।

सागको उदघाटनका दिन नेपाल आइपुगेकी मन्त्री मिर्जा बुधबार सम्म नेपालमा रहने छिन् । पाकिस्तानको अन्तरप्रान्तीय समन्वय मन्त्री डा. मिर्जाले पाकिस्तानी खेलाडीहरुको उत्साह बढाउनका लागि नेपालको तीन दिने भ्रमण तय गरेको पाकिस्तानी दूताबासले जनाएको छ ।

पाकिस्तानले आफ्नो भूमिमा सन् १९८९ मा चौथो र सन् २००४ मा नवौं साग आयोजना गरेको थियो ।

नेपालमा सम्पन्न तेह्रौं प्रतियोगिताले नेपाल र पाकिस्तानवीचको सम्बन्धलाई सुदृढ गरेको पाकिस्तानी मन्त्रीको भनाइ छ ।

नेपाल र पाकिस्तानवीच कूटनीतिक सम्बन्ध स्थापना भएको अर्को साल ६० वर्ष पुग्दैछ ।

विभिन्न खेलमा सहभागी हुन महिला र पुरुषतर्फ गरी ३ सय पाकिस्तानी खेलाडी नेपाल आएका छन् । पाकिस्तानले अहिलेसम्म एक स्वर्ण, ३ रजत र २ कास्य गरी ६ वटा पदक हात पारेको छ ।

त्यसैगरी भारतले १२, श्रीलंकाले १४ र बंगलादेशले ११ पदक हात पारेका छन् । नेपालले २२ पदकसहित अग्रस्थान हासिल गरिरहेका बेला मालदिभ्स र भुटानका खेलाडीले मंगलबारसम्म पदक हात पार्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?