Comments Add Comment

नेप्से परिसूचकसँगै कारोबार रकमसमेत सुधारियो

१७ मंसिर, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजारमा सुधार देखिएको छ । साताको पहिलो दिन आइतबार स्थिर देखिएको बजार सोमबार झिनो अंकले ओरालो लागेको थियो ।

मंगलबार भने सेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम दुबै सुधारिएको छ । नेप्से परिसूचक मंगलबार ३ दशमलव ७५ अंकले सुधारिएर १ हजार १ सय १५ दशमलव ७४ अंकमा पुगेको हो ।

यस अघि सोमबार नेप्से परिसूचक ०.८४ अंकले घटेको थियो । दिनभर भएका ४ हजार ३ सय २६ कारोबारबाट १ सय ७२ वटा कम्पनीका १०लाख १० हजार ९ सय ९१ कित्ता सेयर कारोबार भएका छन् ।

जसअनुसार कारोबार रकम २६ करोड ६८ लाख १ हजार ५ सय ५८ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ ।

यसैबीच नेप्सेमा मंगलबार १ करोड कित्ता बढी शेयर सुचिकृत भएको छ । नेप्सेमा ३ कम्पनीको गरि कुल १ करोड २१ लाख ७९ हजार ३ सय २१ दशमलव ६४ कित्ता शेयर सुचिकृत भएको हो ।

आज नागरिक लगानी कोषको २४ लाख २५ हजार १ सय ७४ दशमलव ६४ कित्ता बोनस शेयर, माछापुच्छ्रे बैंकको ४० लाख २७ हजार ८ सय ४७ कित्ता बोनस शेयर र मुक्तिनाथ विकास बैंकको ५७ लाख २६ हजार ३ सय कित्ता हकप्रद शेयर सुचिकृत भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment