Comments Add Comment

कुवेतमा अलपत्र २१ नेपाली स्वदेश फर्किए

२२ मंसिर, काठमाडौं । कुवेतमा अलपत्र परेका २१ नेपाली स्वदेश फर्किएका छन् । ‘अल मन्सुर इन्टरनेसनल ग्रुप अफ कम्पनी’मा काम गर्ने २१ नेपाली कामदारको नेपाली दूतावासले उद्दार गरेको हो ।

नेपाल फर्किएका कामदार वैदेशिक रोजगार विभागको सम्पर्कमा आएकाको महानिर्देशक भीष्मकुमार भुसालले बताए । उनीहरुको औपचारिक उजुरी विभागले दर्ता गरेको उनले जानकारी दिए । ‘यसका लागि कुवेतस्थित नेपाली राजदूतावासलाई धन्यवाद दिन चाहन्छौं,’ उनले भने ।

‘भिसा स्टाटस’ अवैधानिक भइदिँदा कामदारको उद्दारमा कठिनाई भएको थियो । कुवेती अध्यागमनको कालोसूचीमा परेपछि उनीहरुलाई फिर्ता गर्न जरिवाना नै तिर्नुपर्ने अवस्था थियो । त्यसैले दूतावासले उनीहरुलाई कालोसूचीबाट हटाउन पहल गरिरहेको थियो ।

कम्पनीका कारण नै अवैध बन्न पुगेका उनीहरुले साढे २ महिनाको तलब पाउनै बाँकी थियो । उनीहरु ग्लोबल राइजिङ प्लेसमेन्टबाट त्यहाँ पुगेका थिए । सुरुको चौंथो महिनाबाट तलब नपाएका उनीहरुले कुवेतको आवासीय अनुमतिपत्र -पतका) पनि पाएका थिएनन् ।

दूतावासमा समस्या जानकारी गराएपनि उनीहरुको समस्या समाधान हुन सकेन । उनीहरु कम्पनीले उपल्बकध गराएको घरमा बसेपनि भाडा नतिरिदिएपछि थप समस्यामा परेका थिए । दूतावासले घर मालिकलाई अनुरोध गरेर राखेको थियो । २ महिना अघि भने कम्पनी नै बन्द हुन पुग्यो । जसका कारण उनीहरु थप समस्यामा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment